नेपाली महिलाको उदाहरण पेश गर्दै राष्ट्रपति भण्डारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २९, २०७५
|
|
१७ पटक हेरिएको
Shares
नेपाली महिलाको उदाहरण पेश गर्दै राष्ट्रपति भण्डारी

सारांश

  • काठमाडौं ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले महिलासम्बन्धी कानुन परिवर्तन गरी महिलाको अस्तित्व स्वीकार गर्दा मुलुकमा निकै ठूलो परिवर्तन गर्न सकिने बताएकी छिन् ।
  • महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिन न्यूयोर्क पुगेकी भण्डारीले कानुनी अधिकार दिंदा परिवर्तन हुने बताइन् ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलासम्बन्धी कानुन परिवर्तन गरी महिलाको अस्तित्व स्वीकार गर्दा मुलुकमा निकै ठूलो परिवर्तन गर्न सकिने बताएकी छिन् । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिन न्यूयोर्क पुगेकी भण्डारीले कानुनी अधिकार दिंदा परिवर्तन हुने बताइन् ।

राष्ट्रपतिले नेपालमा भएको कानुनी परिवर्तनसँगै महिलाको अवस्थालाई उदाहरणसमेत पेश गरेकी छिन् । केही वर्ष अगाडि नेपालमा एक लाख पदमा भएको निर्वाचनमा १ सय ३६ जना महिला प्रतिनिधि मात्र निर्वाचित भएको र केही कानुनी प्रावधानलाई सच्याउँदा एकैपटक करीब ४० हजार महिला निर्वाचित भएको बताइन् ।

नेपाल संभीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको र केन्द्र, प्रदेश र स्थानीय तहमा ३५ देखि ४१ प्रतिशत महिला निर्वाचित भएर आएको जानकारी गराएकी हुन् ।

अवसरमा राष्ट्रसंघ महासभाका अध्यक्ष मारिया फर्नान्डा एस्पिनोसा गार्सेसले न्यूयोर्कस्थित महासभा कक्षमा आयोजित ‘शक्तिमा महिला’ मूल विषयअन्तर्गत उच्चस्तरीय एक सत्रमा भाग लिँदै राष्ट्रपति भण्डारीले महिलाप्रति विभेद समाजले बनाएकाले यो अप्राकृतिक भेदभाव भएको र अपरिवर्तनीय नभएको स्पष्ट पारिन् ।

‘महिला नेत्रीले कसरी विश्व परिवर्तन गर्छन्’ भन्ने विषयको उच्चस्तरीय गोलमेच छलफल९सत्र०मा उहाँले लैंगिक समानता जीवन जगत् र दार्शनिक रुपमा सहअस्तित्वको विषय भएको बताउँदै महिलालाई हेर्ने अन्धविश्वास र हेय दृष्टिकोणले समाजलाई पछाडि पार्ने बताइन् ।

संवैधानिक र कानुनी प्रावधान स्पष्ट रुपमा परिवर्तन नगर्दा महिला पछि पर्छन्, नेपालमा कानूनमा सामान्य परिवर्तन गर्दा छोटो समयमा ठूलो परिवर्तन भएको छ”, उदाहरण दिंदै भनिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?