ईश्वर पोखरेलको नेत्तृत्वमा ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १७, २०७६
|
|
४६ पटक हेरिएको
Shares
ईश्वर पोखरेलको नेत्तृत्वमा ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’

सारांश

  • सरकारले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न एकपछि अर्को गर्दै विभिन्न निर्णय गरिरहेको छ ।
  • प्रधानमन्त्री केपी ओली अस्वस्थ भएकाले पूर्ण रुपमा सक्रिय हुन नसकेका बेला विभिन्न समितिहरु बनिरहेका छन् ।
  • प्रधानमन्त्रीले सुरुमा उपप्रधान तथा रक्षामन्त्रि ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थिए ।

सरकारले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न एकपछि अर्को गर्दै विभिन्न निर्णय गरिरहेको छ । प्रधानमन्त्री केपी ओली अस्वस्थ भएकाले पूर्ण रुपमा सक्रिय हुन नसकेका बेला विभिन्न समितिहरु बनिरहेका छन् ।

प्रधानमन्त्रीले सुरुमा उपप्रधान तथा रक्षामन्त्रि ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थिए । यहि समितिले सरकारकै हैसियतमा विभिन्न निर्णयहरु गर्दै आएको छ ।

कोरोना भाइरस(कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ सीसीएमसी’ पनि स्थापना हुने भएको छ ।

ओलीसमेत सहभागी भइ आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ‘सीसीएमसी’ स्थापना गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहने गरी स्थापना गरिने सीसीएमसीमा गृहमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र सुरक्षा निकायका प्रमुख रहने जानकारी दिएका हुन्।

सीसीएमसीले सरकारले जारी गरेको आदेश कार्यान्वयन गराउने, क्वारेन्टाइन र कोरोना संक्रमितको उपचारका लागि तयार पारिएका अस्पतालहरुको व्यवस्थापन गर्ने पनि मन्त्री खतिवडाले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज पनि बाँके बन्द
आज पनि बाँके बन्द
यसपाली नेपाली सेनाले गर्यो अचच्मको काम: अब के होला ?
यसपाली नेपाली सेनाले गर्यो अचच्मको काम: अब के होला ?
केकीलाई कम्पनीको ब्राण्ड एम्बेसडर घोषणा
केकीलाई कम्पनीको ब्राण्ड एम्बेसडर घोषणा
रक्सौलबाट काठमाडौँसम्म विद्युतीय रेल !
रक्सौलबाट काठमाडौँसम्म विद्युतीय रेल !
कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप साह विजयी
कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप साह विजयी
रामकुमारी झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको उपाध्यक्षमा राई निर्वाचित
रामकुमारी झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको उपाध्यक्षमा राई निर्वाचित
बालेनलाई मन्त्री गुरुङको चेतावनी: धरहराको भूमिगत पार्किङ तत्काल नरोके परिणाम राम्रो हुँदैन
बालेनलाई मन्त्री गुरुङको चेतावनी: धरहराको भूमिगत पार्किङ तत्काल नरोके परिणाम राम्रो हुँदैन
नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )
नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )
अस्पताल परिसरमा आफन्तको रुवाबासी, अन्य स्तब्ध
अस्पताल परिसरमा आफन्तको रुवाबासी, अन्य स्तब्ध
आईपीएलको उपाधि भिडन्त आज, चेन्नई र मुम्बई ईण्डियन्स आमने–सामने
आईपीएलको उपाधि भिडन्त आज, चेन्नई र मुम्बई ईण्डियन्स आमने–सामने