देश भित्रै सिमा विवाद, राेकियाे निर्माणकाे काम !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
देश भित्रै सिमा विवाद, राेकियाे निर्माणकाे काम !

सारांश

  • तेह्रथुम, २५ असोज ।
  • तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको सीमास्थित तीनजुरे पाथीभरा डाँडामा भ्यूटावर निर्माणको काम अलपत्र भएको छ ।
  • टावर निर्माण भइरहेको जमीन तेह्रथुम या सङ्खुवासभाको हो भन्ने विवादले चरम रूप लिएकाले निर्माणको काम रोकिएको हो ।

तेह्रथुम, २५ असोज । तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको सीमास्थित तीनजुरे पाथीभरा डाँडामा भ्यूटावर निर्माणको काम अलपत्र भएको छ । टावर निर्माण भइरहेको जमीन तेह्रथुम या सङ्खुवासभाको हो भन्ने विवादले चरम रूप लिएकाले निर्माणको काम रोकिएको हो । सीमा विवादका कारण भ्यूटावर निर्माणको काम एक वर्षदेखि ठप्प भएपछि कामको जिम्मा लिएको सरोज निर्माण सेवाले निर्माणका सामग्रीसमेत त्यत्तिकै छाडेको छ । दुई वर्षमा काम सक्ने गरी रु दुई करोड १३ लाखमा ठेक्का लिएको उक्त कम्पनीले शुरुमा करीब छ महीना ढिला गरेर काम थालेको थियो । काम थालेपछि स्थानीयवासी बीच सिमा विवाद देखिएपछि अहिले टावर निर्माणका लागि सम्झौता भएको म्यादसमेत सकिएको छ । दुई जिल्लाका बासिन्दाको आपसी मतभेदका कारण यो पर्यटकीय क्षेत्रको विकास रोकिएको स्थानीयवासी छिरिङ लामाले बताए ।

टावर निर्माणस्थल तेह्रथुमको लालीगुराँस नगरपालिका–१, साविक बसन्तपुर–४ मा पर्ने भन्दै राजनीतिक दल, जनप्रतिनिधि र स्थानीयवासीले भ्यूटावर निर्माण थालेका थिए । पर्यटन मन्त्रालयको सहयोगमा बन्न लागेकोे सो टावरको प्रतिनिधिसभा सदस्य भवानीप्रसाद खापुङ र तत्कालीन प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो तर भ्यूटावर निर्माण शुरु भएपछि उक्त जमीन सङ्खुवासभामा पर्ने र सो योजना सङ्खुवासभाले पाउनुपर्ने माग गर्दै स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेताले काममा अवरोध पु¥याएका थिए । भ्यूटावर निर्माण र जमीनभन्दा पनि जनप्रतिनिधिको आँखा त्यसबाट आउने राजस्वमा परेको हो । लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले भ्यूटावर निर्माणले दुई वटै जिल्लाको विकासमा सहयोग पुग्ने भएकाले जमिन जसको भए पनि निर्माण नरोक्न आग्रह गरे। निर्माण कम्पनीका सुपरभाइजर पुष्प गुरागाईँले भने मौसमका कारण वर्षामा काम गर्न नसकिएको र अब विवाद मत्थर भई काम गर्ने वातावरण बने पुनः काम सञ्चालन हुने बताए । चार तलाको सो भ्यूटावरको पहिलो तलामा सूचना केन्द्र, दोश्रो तलामा खुद्रा पसल, तेस्रो तलामा क्याफे र चौथो तलामा भ्यूप्वाइन्ट बनाउने योजना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रकको ठक्करबाट चार बर्षे बालकको मृत्यु ! घटनाको विरोधमा स्थानीय र प्रहरीबीच झडप…
ट्रकको ठक्करबाट चार बर्षे बालकको मृत्यु ! घटनाको विरोधमा स्थानीय र प्रहरीबीच झडप…
‘बादलभित्रको घाम’ साहित्य पुरस्कार स्थापना, तीन पाठकलाई रु २५ हजारले सम्मान
‘बादलभित्रको घाम’ साहित्य पुरस्कार स्थापना, तीन पाठकलाई रु २५ हजारले सम्मान
कुतियाकवरमा जहिल्यै बाढीको त्रास
कुतियाकवरमा जहिल्यै बाढीको त्रास
त्रिभुवन विमानस्थलमा नयाँ नियम, अतिविशिष्ट ६ जनाले मात्रै भित्रै सवारी लान पाउने
त्रिभुवन विमानस्थलमा नयाँ नियम, अतिविशिष्ट ६ जनाले मात्रै भित्रै सवारी लान पाउने
उत्तर कोरियाली नेता किमका लागि मर्सिडिज लग्दा दुनियाँ चकित
उत्तर कोरियाली नेता किमका लागि मर्सिडिज लग्दा दुनियाँ चकित
भिमफेदि गाईजको डान्समा रेशमी पर्दा (हेर्नुहोस भिडीयो)
भिमफेदि गाईजको डान्समा रेशमी पर्दा (हेर्नुहोस भिडीयो)
कमल थापाको जीतको श्रृंखला जारी
कमल थापाको जीतको श्रृंखला जारी
संविधान संशोधनका लागि सबै दल मिल्नुपर्ने : नेता केसी
संविधान संशोधनका लागि सबै दल मिल्नुपर्ने : नेता केसी
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
अमेरिकामा ग्रिनकार्ड, अस्थायी भिसा प्रक्रिया दुई महिनाका लागि स्थगित
अमेरिकामा ग्रिनकार्ड, अस्थायी भिसा प्रक्रिया दुई महिनाका लागि स्थगित

तपाईंले छुटाउनुभयो कि?