सचिव आफैँले चलाएका थिए दुर्घटना भएको गाडी

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
सचिव आफैँले चलाएका थिए दुर्घटना भएको गाडी

सारांश

  • काठमाडौँ, माघ २७ ।
  •   सिचाइँ मन्त्रालयमा कार्यरत सचिव  रामानन्द यादव शुक्रबार बेलुका ९ बजे कपिलवस्तु बहादुरगञ्जमा रहेको घरबाट निस्केका थिए।
  • गाडीमा सचिव यादव, उनका एक मात्र छोरा २२ वर्षीय सन्तोष यादव, उनका आफन्तकी छोरी १५ वर्षीया उन्नती गुप्ता र सवारी चालक निरञ्जन यादव सवार थिए ।

काठमाडौँ, माघ २७ ।  सिचाइँ मन्त्रालयमा कार्यरत सचिव  रामानन्द यादव शुक्रबार बेलुका ९ बजे कपिलवस्तु बहादुरगञ्जमा रहेको घरबाट निस्केका थिए।

गाडीमा सचिव यादव, उनका एक मात्र छोरा २२ वर्षीय सन्तोष यादव, उनका आफन्तकी छोरी १५ वर्षीया उन्नती गुप्ता र सवारी चालक निरञ्जन यादव सवार थिए ।

सचिव यादव निकट स्रोतका अनुसार उनी माइली छोरी डाक्टर रञ्जनाको इन्गेजमेन्टका लागि घर गएका थिए । नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षक रहेकी डाक्टर रञ्जनाको आउँदो फागुन ११ मा विवाहको मिति तय गरिएको थियो ।

घरबाट निस्कँदा बा १ झ ३१४० नम्बरको गाडी सचिव यादवका सवारी चालकले नै चलाएको सचिव निकट स्रोतले जानकारी दियो । यादवले बाटोमा सवारीचालकलाई रेस्ट गर्न लगाएर आफैं गाडी चलाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

शनिबार बिहान पृथ्वी राजमार्गस्थित धादिङको सलाङघाटमा सचिव यादवले चलाएको गाडी राति करिब २ बजेर ५० मिनेटमा दुर्घटनामा परेको थियो । प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले प्रहरीलाई राति २ बजेर ५५ मिनेटमा दुर्घटनाको जानकारी आएको र प्रहरी ३ बजेर १० मिनेटमा घटना स्थल पुगेको बताए ।

उनले भने, ‘घटनास्थल पुग्दा घाइते अवस्थामा भेटिएका सवारी चालकलाई बीर अस्पतालको ट्रमा सेन्टरमा पठाएका थियौं ।’ तिमिल्सिनाले भने, ‘घटनास्थलमा हामीलाई चालक यादवले गाडी सचिवज्यूले आफैं चलाइरहेकाले आफू पछाडिको सिटमा सुतेको र गाडी पानीमा पुगेपछि दुर्घटनाबारे थाहा पाई पछाडिको ढोकाबाट निस्केर पौडी खेल्दै बाँचेको बताएको थियो ।’

उनी भन्छन्, ‘सचिव यादवको शव ड्राइबर सिटबाटै निकालिएकाले पनि उहाँले आफैं गाडी चलाएको देखिन्छ ।’ तिमिल्सिना भन्छन्, ‘दुर्घटना हुँदा प्रत्यक्षदर्शी नभएकाले दुर्घटनाको यकिन कारण थाहा नभए पनि सडक किनारामा राखिएका दुईवटा ब्यारियरलाई भत्काएर गाडी खसेको अवस्था हेर्दा सचिवज्यू निदाएर गाडी खसेको हुन् सक्छ ।’

सडकको अवस्था खासै खराब नरहेकाले दुर्घटनाको अर्को कारणमा ओभर स्पिड हुनसक्ने तिमिल्सिनाको अनुमान छ । प्रहरीले सामाचार तयार पार्दासम्म हराइरहेको ३ जना मध्ये २ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

सचिव यादव र गुप्ताको शव गाडीबाटै निकालिएको प्रहरीले जनाएको छ । सचिव यादवका छोरा सन्तोषको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । काठमाडौं कुसुन्तीमा पनि घर भएका सचिव यादवका एक छोरा र तीन छोरी छन् ।

उनि आउँदो चैतबाट उमेर हदका कारण सेवानिवृत्त हुँदै थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Badri Prasad Humagain

    दसा

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छिटो तौल घटाउन चाहनुहुन्छ? खानुहोस् उसिनेको अण्डा
छिटो तौल घटाउन चाहनुहुन्छ? खानुहोस् उसिनेको अण्डा
राष्ट्रिय जनमोर्चा दाङको अध्यक्षमा गणेश आचार्य
राष्ट्रिय जनमोर्चा दाङको अध्यक्षमा गणेश आचार्य
गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड
गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्य, कार्यान्वयन नगरे संघर्षमा उत्रने चेतावनी
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्य, कार्यान्वयन नगरे संघर्षमा उत्रने चेतावनी
गृहमन्त्रालयका २५ कर्मचारीकाे सरुवा (काे कहाँ )
गृहमन्त्रालयका २५ कर्मचारीकाे सरुवा (काे कहाँ )
ग्राण्डीमा यस्तो ठगी धन्दा : एम्बुलेन्समा आएको विरामीले तिरे हेलिकोप्टर चढेको पैसा
ग्राण्डीमा यस्तो ठगी धन्दा : एम्बुलेन्समा आएको विरामीले तिरे हेलिकोप्टर चढेको पैसा
दशैंमा पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी
दशैंमा पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी
जाजरकोटको  पछिल्लो मत परिणाम , वाम गठबन्धनका शक्ति बस्नेतको अग्रता कायमै !
जाजरकोटको पछिल्लो मत परिणाम , वाम गठबन्धनका शक्ति बस्नेतको अग्रता कायमै !
प्रचण्डले गरे नारायणकाजीको बचाऊ
प्रचण्डले गरे नारायणकाजीको बचाऊ
अछामको तन्देश्वरी मतदान केन्द्रमा मतदान रोकियो
अछामको तन्देश्वरी मतदान केन्द्रमा मतदान रोकियो

तपाईंले छुटाउनुभयो कि?