इमरान खानलाइ अर्काे जेलमा सारिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०८०
|
|
२२ पटक हेरिएको
Shares
इमरान खानलाइ अर्काे जेलमा सारिने

सारांश

  • इस्लामबाद।
  • पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई पञ्जाब प्रान्तको अटक जेलबाट रावलपिण्डीको ग्यारिसन सहरको अदियाला जेलमा सार्न आदेश दिएको छ।
  • तेहरिक ए इस्लाम पार्टीका नेतासमेत रहेका पूर्वप्रधानमन्त्रीलाई उच्च सुरक्षा मानिएको अदियाला जेलमा राख्न इस्लामावाद उच्च अदालतमा याचिका दायर गरिएको थियो।

इस्लामबाद। पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई पञ्जाब प्रान्तको अटक जेलबाट रावलपिण्डीको ग्यारिसन सहरको अदियाला जेलमा सार्न आदेश दिएको छ।

तेहरिक ए इस्लाम पार्टीका नेतासमेत रहेका पूर्वप्रधानमन्त्रीलाई उच्च सुरक्षा मानिएको अदियाला जेलमा राख्न इस्लामावाद उच्च अदालतमा याचिका दायर गरिएको थियो।

उच्च अदालतका मुख्य न्यायाधीशले इमरान खानलाई अटक जेलबाट रावलपिंडीको अदियाला जेलमा सार्न निर्देशन दिएका हुन्। ७० वर्षीय इमरान खानलाई तोशखाना भ्रष्टाचार मुद्दामा अगस्ट ५ देखि अटक जेलमा राखिएको थियो। इस्लामावाद उच्च अदालतले उनको सजाय निलम्बन गरे पनि गोप्य कागजात चुहावटको मुद्दामा उनलाई अटक जेलमा राखिएको थियो।

आधिकारिक गोप्य कानून अन्तर्गत एक विशेष अदालतले गोप्य कागजातहरू लीक गरेको मामिलामा इमरान खानको रिमान्ड सेप्टेम्बर १३ बाट बढाएर सेप्टेम्बर २६ सम्म पुरयाइएकाे छ। इस्लामावाद अदालतले पूर्वप्रधानमन्त्रीलाई तीन वर्षको जेल सजाय सुनाएको छ र अधिकारीहरूलाई अडियाला जेलमा राख्न आदेश पनि दिएको छ। इमरान खान पक्राउ परेदेखि नै अटक जेलमा राखिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यौन सम्बन्धको रहस्य लुकाउन दिदिले गरिन भाईको हत्या !
यौन सम्बन्धको रहस्य लुकाउन दिदिले गरिन भाईको हत्या !
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
आक्रोशपछि संसदमै आगो
आक्रोशपछि संसदमै आगो
साउन २८ गते बुधवारको राशिफल यस्तो छ
साउन २८ गते बुधवारको राशिफल यस्तो छ
इक्वेडर भूकम्प: सोह्र जनाको मृत्यु, चार सय घाइते
इक्वेडर भूकम्प: सोह्र जनाको मृत्यु, चार सय घाइते
भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छ: प्रधानमन्त्री प्रचण्ड
भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छ: प्रधानमन्त्री प्रचण्ड
आज किराँत महागुरु फाल्गुनन्द जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
आज किराँत महागुरु फाल्गुनन्द जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन अमेरिकाको आग्रह
‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन अमेरिकाको आग्रह
महिला र बालबालिकाका मुद्दामा गम्भीर हुनु : आईजीपी
महिला र बालबालिकाका मुद्दामा गम्भीर हुनु : आईजीपी
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

तपाईंले छुटाउनुभयो कि?