दोस्रो चरणमा पनि एमालेको शतक पूरा
सारांश
- काठमाडौं, असार १९ – दोस्रो चरणको चुनाव अन्तर्गत मतदान भएका प्रदेश नम्बर १, ५ र ७ मा अहिले मतगणना भइरहेको छ ।
- अहिलेसम्म दुई सय ४५ स्थानीय तहको मतपरिणाम आइसकेको छ ।
- अहिलेसम्मको नतिजा अनुसार नगरपालिका तथा गाउँपालिकाको प्रमुख पदमा नेकपा एमाले अघि देखिएको छ ।
काठमाडौं, असार १९ – दोस्रो चरणको चुनाव अन्तर्गत मतदान भएका प्रदेश नम्बर १, ५ र ७ मा अहिले मतगणना भइरहेको छ । अहिलेसम्म दुई सय ४५ स्थानीय तहको मतपरिणाम आइसकेको छ । अहिलेसम्मको नतिजा अनुसार नगरपालिका तथा गाउँपालिकाको प्रमुख पदमा नेकपा एमाले अघि देखिएको छ ।
एमालेले अहिलेसम्म एक सय तीन स्थानीय तहमा प्रमुख पद जितेको छ । एमालेले अहिलेसम्म २१ मयेर र ८२ अध्यक्ष पदमा जित निकालेको छ । एमालेलाई कांग्रेसले पछ्याइरहेको छ । कांग्रेसले अहिलेसम्म ९६ स्थानीय तहमा जित निकालेको छ । माओवादी भने अलि पछि परेको छ ।
माओवादी अहिलेसम्म ३२ स्थानीय तहको प्रमुखमा विजयी भएको छ । संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा, जनमोर्चा, स्वतन्त्र (राजपा) ले पनि प्रमुख पद जितिसकेका छन् । पहिलो चरणको चुनावमा एक सय २५ स्थानीय तहमा प्रमुख पदमा एमाले विजयी भएको थियो । पहिलो चरणमा चुनाव भएको भरतपुर महानगरपालिकाको भने अहिलेसम्म परिणाम आएको छैन । त्यहाँ पनि एमाले अघि छ ।
एमालेले जितेका स्थानीय तह
प्रदेश नम्बर १
१) धनकुटाको महालक्ष्मी नगरपालिका– पर्शुराम नेपाल
२) धनकुटाको साँघुरीगढी गाउँपालिका – कुमारजंग याखा
३) धनकुटाको धनकुटा नगरपालिका – चिन्तन तामाङ
४) धनकुटाको चौविसे गाउँपालिका – खजिन्द्र राई
५) धनकुटाको छथर जोरपाटी गाउँपालिका–शेरबहादुर लिम्बु
६) धनकुटाको पाख्रीबास नगरपालिका–विर्खबहादुर राई
७) धनकुटाको खाल्टासिम्पाङ शहीद भूमि गाउँपालिकामा – मनोज राइ
८) सोलुखुम्बुको सोताङ गाउँपालिका – वीरबहादुर राई
९) सोलुखुम्बुको दूधकोशी गाउँपालिका– बुद्धिकिरण राई
१०) सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका– डुफकुमार बास्तोला
११) सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका – निमदोर्जी शेर्पा
१२) खोटाङको रुपाकोट मझुवागढी नगरपालिका– दिपनारायण रिजाल
१३) खोटाङको जन्तेढुंगा गाउँपालिका – शंकरबहादुर राई
१४) खोटाङको लामिडाँडा गाउँपालिका – लिलाबहादुर निरौला
१५) खोटाङको केपीलासगढी गाउँपालिका – कृष्णकुमार राई
१६) खोटाङको खोटहाङ गाउँपालिका – प्रदिप राई
१७) ताप्लेजुङ मैवाखोला गाउँपालिकामा – राजन थक्लुङ
१८) ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–रामकुमार सावाँ
१९) ताप्लेजुङको फुङलिङ नगरपालिका – छत्रपति प्याकुरेल
२०) ताप्लेजुङको याङवरक गाउँपालिका– केशरकुमार मेन्याङवो
२१) ताप्लेजुङको पक्ताङलुङ गाउँपालिका– सरोज एभेङ
२२) उदयपुरको ताप्ली गाउँपालिका – उद्धवबहादुर थापा
२३) उदयपुरको रौतामाई गाउँपालिका – गजेन्द्रबहादुर खड्का
२४) उदयपुरको उदयपुरगढी गाउँपालिका – मानबहादुर केप्छाकी (मोहन)
२५) इलामको सन्दकपुर गाउँपालिका–उदयबहादुर राई
२६) इलामको माइजोगमाई गाउँपालिका– जितबहादुर राई
२७) इलामको चुलाचुली गाउँपालिका – प्रदीपचन्द्र राई
२८) इलाम नगरपालिका – महेश बस्नेत
२९) देउमाई नगरपालिका – सूर्यप्रसाद पोख्रेल
३०) तेह्रथुमको म्याङ्लुङ नगरपालिका – सञ्यकुमार तुम्बाहाम्फे
३१) तेह्रथुमको आठराई गाउँपालिका – मानबहादुर लिम्ब
३२) तेह्रथुमको छथर गाउँपालिका – सन्तोष तिगेला
३३) तेह्रथुमको मेन्छ्यायम गाउँपालिका–यादवबहादुर खापुङ
३४) तेह्रथुमको फेदाप गाउँपालिका – हरीप्रसाद चोङमाङ
३५) संखुवासभाको सभापोखरी गाउँपालिका–रत्न सुब्बा
३६) संखुवासभाको मादी नगरपालिका– विदुर लिङछेप
३७) संखुवासभाको खाँदबारी नगरपालिका–मुरारीप्रसाद खतिवडा
३८) संखुवासभाको मकालु गाउँपालिका– खड्ग कट्वाल
३९) संखुवासभाको चैनपुर नगरपालिका – भरतकुमार खत्री
४०) पाँचथरको कुम्मायक गाउँपालिका – जयबहादुर चेम्जोङ
४१) पाँचथरको हिलिहाङ गाउँपालिका – भवानी प्रसाद लिङ्देन
४२) पाँचथरको याङवरक गाउँपालिका – लेखनाथ घिमिरे
४३) भोजपुरको पौवादुम्मा गाउँपालिका–किरण राई
४४) भोजपुरको ट्याम्केमेयुङ गाउँपालिका– धु्रबराज राई
४५) भोजपुरको हतुवागढी गाउँपालिका–प्रेमकुमार राई
४६) भोजपुरको रामप्रसाद राई गाउँपालिका – विजय राई
४७) ओखलढुंगाको सिद्धिचरण नगरपालिका–मोहनकुमार श्रेष्ठ
४८) मोरङको मिक्लाजुङ गाउँपालिका – देवीप्रसाद आचार्य
प्रदेश नम्बर ५
१ नवलपरासीको सुस्ता गाउँपालिकामा राम प्रसाद पाण्डे
२ पाल्पाको तिनाउ गाउँपालिकामा ओम बहादुर घर्ती
३ पाल्पाको पुर्वखोला गाउँपालिकामा नुन बहादुर थापा
४ गुल्मीको रेसुङगा नगरपालिकामा डिल्लीराज भूषाल
५ पाल्पाको निस्दी गाउँपालिकामा मुक्त बहादुर सारु
६ गुल्मीको रुरु गाउँपालिकामा निलकण्ठ गौतम
७ गुल्मीको मालिका गाउँपालिकामा रिपबहादुर थापा
८ प्युठानको सरुमारानी गाउँपालिकामा झगबहादुर विश्वकर्मा
९ पाल्पाको रम्भा गाउँपालिकामा विष्णु प्रसाद भन्डारी
१० रोल्पाको रुन्टीगढी गाउँपालिकामा वालाराम बुढा
११ गुल्मीको मुसिकोट नगरपालिकामा सोमनाथ सापकोटा
१२ गुल्मीको छत्रदेव गाउँपालिकामा मधुकृष्ण पन्त
१३ प्यूठानको माण्डवी गाउँपालिकामा श्रीधर रोका
१४ पाल्पाको रिब्दीकोट गाउँपालिकामा नारायण बहादुर जिसी
१५ दाङको गढवा गाउँपालिकामा सहजराम यादव
१६ पाल्पाको तानसेन नगरपालिकामा अशोक शाही
१७ दाङको दंङगीशरण गाउँपालिकामा भागिराम चौधरी
१८ प्युठानको स्वर्गद्धारी नरपालिकामा नेत्रबहादुर रोकाय
१९ अर्घाखाँचीको मालारानी गाउँपालिकामा बालकृष्ण आचार्य
२० रुपन्देहीको कञ्चन गाउँपालिकामा गोकर्ण बहादुर क्षेत्री
२१ रुपन्देहीको शुद्धोधन गाउँपालिकामा किसन चन्द चौधरी
२२ कपिलबस्तुको विजयनगर गाउँपालिकामा गोपाल प्रसाद थापा
२३ रोल्पाको त्रिवेणी गाउँपालिकामा शान्तकुमार वली
२४ बर्दियाको ठाकुरवावा नरपालिकामा घननारायण श्रेष्ठ
२५ गुल्मीको मदाने गाउँपालिकामा दानबहादुर केसी
२६ गुल्मीको इस्मा गाउँपालिकामा लक्ष्मण विष्ट
प्रदेश नम्बर ७
१) कञ्चनपुरको बेलडाँडी गाउँपालिका, धनबहादुर थापा/कमलादेवी कार्की
२) दार्चुलाको लेकम गाउँपालिका, परमानन्द जोशी/माधवी जोशी
३) दार्चुलाको अपी हिमाल गाउँपालिका, डीएन् घाजिरेल
४) दार्चुलाको नौगाड गाउँपालिका, प्रेम सिं धामी/गौर ठगुन्नाथ
५) कैलालीको मोहन्याल गाउँपालिका, नवल सिंह रावल/पुजा बुढा मगर
६) कैलालीको चुरे गाउँपालिका, धनबहादुर रोक्का मगर/दिपा साउद
७) बाजुराको पाण्डपगुफा गाउँपालिका, कालीबहादुर शाही/ऐना गिरी
८) बाजुराको स्वामीकार्तिक गाउँपालिका, चिरञ्जीवि शाही/मिमा बुढा
९)बाजुराको गौमुल गाउँपालिका, हरि रोकाया/सीता थापा
१०) बैतडीको दोगडाकेदार गाउँपालिका, एमाले चक्र कार्र्की /पार्बती एरी कार्की
११) बैतडीको दिलासैनी गाउँपालिका, उकेन्द्र ब बोहोरा/पार्वती राना
१२) बैतडीको पन्चेश्वर गाउँपालिका, एमाले गोरखबहादुर चन्द
१३) डोटीको सायल गाउँपालिका, तेजबहादुर डुम्रेलले /बिष्णा सिंह
१४) डोटीको दिपायल सिलगढी नगरपालिका, मञ्जु मलासी / शिवराज खड्का
१५) डोटीको जोरायल गाउँपालिका, दुर्गादत्त ओझा/जमुना बोहरा
१६) डोटीको पूर्वी चौकी गाउँपालिका/ दीर्घराज बोगटी/ निर्मलादेवी साउद
१७) डोटीको आदर्श गाउँपालिका, टेक बहादुर रोकाया/कमला ओझा
१८) अछामको मंगलसेन नगरपालिका, पदम बहादुर बोहरा/ सरिता उपाध्याय
१९) अछामको चौरपाटी गाउँपालिका, हर्क साउद/ कांग्रेसकी माया कँुवर
२०) बझाङको दुर्गाथली गाँउपालिका, प्रयागराज जोशी /पार्वती देवी जपे्रल
२१) बझाङको मष्टा गाउँपालिका, कर्ण बहादुर कठायत/भगवती बोहरा
२२) बझाङको थलारा गाँउपालिका, भुवनेश्वर उपाध्याय /गंगु देवि खडायत
२३) बझाङको विथ्थड चिर गाँउपालिका,पे्रम बोहरा/जानकी बोहरा
२४) बझाङको छबिस पाथिभेरा गाँउपालिका, अक्कल धामी/ राधिका रताला
२५) बझाङको केदारस्युँ गाँउपालिका,ईन्द्र भण्डारी /निशा धामी
२६) बझाङको जयपृथ्वी नगरपालिका, वीरेन्द्र खड्का/जुना जाग्री
२७) बझाङको तलकोट गाँउपालिका, लालबहादुर विष्ट/धनलक्ष्मी खत्री
२८) डडेलधुराको अमरगढी नगरपालिका, विपिन ओझा /संगीता भण्डारी
२९) डडेलधुराको नवदुर्गा गाउँपालिका, कविन्द्र विष्ट
प्रतिक्रिया