सेना राष्ट्रिय सुरक्षाको आधारशीला : प्रधानसेनापति

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २०, २०७९
|
|
५२ पटक हेरिएको
Shares
सेना राष्ट्रिय सुरक्षाको आधारशीला : प्रधानसेनापति

सारांश

  • काठमाडौं ।
  • प्रधानसेनापति प्रभुराम शर्माले सुसङ्गठित सेना नै राष्ट्रिय सुरक्षाको आधारशीला भएको बताएका छन् ।
  • महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेडक्वाटर्रमा भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्दै उनले सेना बलियो भएमा मुलुकको राष्ट्रिय सुरक्षा र हितको संरक्षण हुने बताए ।

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सुसङ्गठित सेना नै राष्ट्रिय सुरक्षाको आधारशीला भएको बताएका छन् । महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेडक्वाटर्रमा भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्दै उनले सेना बलियो भएमा मुलुकको राष्ट्रिय सुरक्षा र हितको संरक्षण हुने बताए ।

प्रधान सेनापति शर्माले नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे । विकास निर्माण र पर्यावरण संरक्षण गर्नुसमेत सेनाको दायित्व भएको उनको भनाइ थियो । प्रधान सेनापति शर्माले भने, ‘हामी कमजोर हुनु भनेको राष्ट्रिय सुरक्षा र हितलाई खलल पु¥याउने तत्व सलबलाउनु हो । तसर्थ, नेपाली सेना यस विषयमा सदैव सजग र सतर्क रहिआएको छ ।’

समयानुकूल आफूलाई तयार गरेर मुलुकको आवश्यकता अनुसार परिचालित हुन हरहमेसा सेना तत्पर रहेको उनको भनाइ थियो । ‘समपर्ण भाव, चेन अफ कमाण्ड तथा एकता नै सेनाको शक्ति हो’, यी कुरालाई सधैँ सबैले स्मरण गरेर अघि बढ्नुपर्ने प्रधान सेनापति शर्माले उल्लेख गरे । सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले अवकाश प्राप्त सैनिक एवं पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिप्रति लक्षित सम्मेलनले विभिन्न दर्जा, युनिट र स्थानमा तैनाथ रही योगदान पु¥याएका पूर्वसैनिकको पुनर्मिलनको ठूलो अवसर प्रदान गरेको बताए ।

नेपाली सेनाको व्यवस्थापन तथा सैनिक कल्याणकारी बोर्डको संयोजकत्वमा भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना गरिएको ‘भूतपूर्व सैनिक सम्मेलन, २०७९’ मा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरीमा स्थायी बसोबास गर्ने करिब दुई हजार भूपू सैनिकको सहभागिता रहेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। हाल निवृत्तिभरणमा राजीनामा स्वीकृत भएका भूपू सैनिकको सङ्ख्या ८१ हजार छ सय ४३ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ समेत गरी कूल निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या ९७ हजार पाँच सय १५ जना रहेको छ । सम्मेलनमा भूपू सैनिकका प्रतिनिधिद्वारा मार्च, झाँकी प्रदर्शन, राष्ट्रिय गीतमा सामूहिक नृत्य, पिटी र सैनिक ब्याण्ड प्रदर्शन, ज्येष्ठ सैनिक सम्मान, ‘ह्वील चियर’ तथा बैसाखी वितरण, चारभन्दा बढी सन्ततिलाई सेनामा प्रवेश गराउने आमाबाबुलाई सम्मान, शताब्दी पुरुष/महिला सम्मान र अन्तक्र्रिया आयोजना गरिएको थियो ।

सम्मेलनबाट सैनिक नेतृत्वले विभिन्न स्थानमा पुगेर पूर्वसैनिक एवं तिनका परिवारसँग अन्तक्र्रिया गर्ने हुँदा सेनाले आफ्ना हिताधिकारीको कल्याणका लागि गरिरहेका प्रयासको मूल्याङ्कन तथा भावी योजना तर्जुमा गर्न महत्वपूर्ण सुझाव प्राप्त हुने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरियाली कम्पनीले काठमाडौँ-तराई द्रुतमार्गको प्रतिवेदन बनाउने
नयाँ प्रधानमन्त्रीको नियुक्ति आज र शपथ भोलि
नयाँ प्रधानमन्त्रीको नियुक्ति आज र शपथ भोलि
कटारी–घुर्मी सडक खण्डमा टिपर दुर्घटना १ जनाको मृत्यु
कटारी–घुर्मी सडक खण्डमा टिपर दुर्घटना १ जनाको मृत्यु
मालपोतमा उठेको साढे ४ करोड कर्मचारीले आफ्नो खातामा जम्मा पारेपछि….
तीन महिनामा भौतिक पूर्वाधार मान्त्रालयले बत्तीस काम
तीन महिनामा भौतिक पूर्वाधार मान्त्रालयले बत्तीस काम
कुर्सीका मोहका लागि आउने संकिर्ण सोच गतल र क्षणिक हो :केपी
कुर्सीका मोहका लागि आउने संकिर्ण सोच गतल र क्षणिक हो :केपी
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा
संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो नै होः प्रधानमन्त्री दाहाल
संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो नै होः प्रधानमन्त्री दाहाल
आमा सल्लाझैं सुसाइरहिन्- बलात्कारपछि हत्या गरिएकी १० वर्षे छोरीको शव अस्पतालमै
आमा सल्लाझैं सुसाइरहिन्- बलात्कारपछि हत्या गरिएकी १० वर्षे छोरीको शव अस्पतालमै
काठमाडौं उपत्यकामा आज १६९८ जना कोरोना संक्रमित थप
काठमाडौं उपत्यकामा आज १६९८ जना कोरोना संक्रमित थप