दोस्रो विवाह गरेमा स्वतः बदर, दुवै जेल जानुपर्ने : नयाँ कानुन

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २६, २०७५
|
|
१८ पटक हेरिएको
Shares
दोस्रो विवाह गरेमा स्वतः बदर, दुवै जेल जानुपर्ने : नयाँ कानुन

सारांश

  • शिखरन्युज ।
  • नेपालमा चलिआएको मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै भदौ १ देखि नयाँ कानुन कार्यान्वयनमा आउन लागेको छ ।
  • नयाँ कानुनमा धेरै कुरा नयाँ विषयलाई सजाय हुनेगरी व्यवस्था गरिएको छ ।

शिखरन्युज । नेपालमा चलिआएको मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै भदौ १ देखि नयाँ कानुन कार्यान्वयनमा आउन लागेको छ । नयाँ कानुनमा धेरै कुरा नयाँ विषयलाई सजाय हुनेगरी व्यवस्था गरिएको छ ।

विवाहको सन्दर्भमा दोस्रो विवाह गर्नेलाई निकै कडा गरिएको छ । विवाह, परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता महिला पुरुष दुवैलाई कानुनले दिएको छ ।

विवाहित पुरुषलाई भने बहुविवाह गर्न प्रतिबन्ध लगाइएको छ । विवाहित पुरुषले अर्को विवाह गरेको खण्डमा दोस्रो विवाह स्वतः बदर हुने भएको छ । त्यसैगरी विवाह गरेबापत कार्वाही भोग्नुपर्ने व्यवस्था गरिएको छ ।

बहुविवाह गर्ने पुरुष र महिला दुवै कारबाहीको भागीदार बन्नुपर्नेछ । बहुविवाह गर्ने पुरुष र विवाहित पुरुषसँग विवाह गर्ने महिलालाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख गरिएको छ ।

विवाहित पुरुषसँग हो भन्ने थाहा पाएर पनि कुनैपनि महिलाले पनि विवाह गर्न पाइने छैन । विवाहित पुरुषको पत्नीले कानुन बमोजिम अंशवण्डा गरेर भिन्न भएको खण्डमा मात्र अर्को विवाह गर्न पाइने ऐनमा व्यवस्था गरिएको छ ।

पत्नी हुँदाहुँदै अर्काको पतिसँग विवाह गर्ने महिला र पुरुष दुवै सजायको भागीदार हुनुपर्नेछ । दोस्रो विवाह गरेको खण्डमा विवाह स्वतः मान्यता नपाउनेगरी बदर हुनेछ । अर्थात विवाहले कुनैपनि कानुनी मान्यता पाउनेछैन । विवाह दर्ता, नाता कायम जस्ता कुनैपनि कानुनी कुरा हुने छैनन् ।

झुक्काएर विवाह गर्न, गराउन नपाइने

कसैले पुरुष वा महिलालाई झुक्याएर विवाह गर्न वा गराउन पाइने छैन । कुनैपनि रोगी पुरुष वा महिला दुवैलाई झुक्काएर विवाह गराउन पाइनेछैन ।

शरीरमा मानव रोग प्रतिरोधक क्षमता नष्ट गर्ने जीवाणु एच.आई.भी. वा ‘हेपाटाइटिस बी’ रहेको वा यस्तै प्रकृतिका निको नहुने कडा रोग लागेको मान्छेसँग झुक्याई विवाह गर्न वा गराउन नपाइने कानुनमा व्यवस्था छ ।

यौनाङ्ग नभएको, नपुङ्सक, सन्तान उत्पादन गर्ने क्षमता नभएको प्रमाणित भैसकेकोलाई पनि झुक्काएर विवाह गराउन पाइनेछैन ।

त्यसैगरी पूर्ण रूपमा बोल्न वा सुन्न नसक्ने, पूर्ण रूपमा दृष्टिविहीन वा कुष्ठ रोगी भएको, विवाह भैसकेको, गर्भवती भएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार ठहरी अदालतबाट सजाय पाएको व्याक्तिसँग झुक्काएर विवाह गर्न गराउन पाइने छैन । झुक्याएर विवाह गराइदिएमा मर्का पर्ने व्यक्तिले त्यस्तो विवाह बदर गराउनसक्ने व्यवस्था छ । झुक्याएर विवाह गर्ने वा गराउनेबाट क्षतिपूर्ति दाबी गर्न सक्नेगरी कानुनमा व्यवस्था छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rikh Basnet

    सर्ब साधरण जन्तालाइ कात्र हो यो कान्गुन नेता र पहुचवालाले जे गर्दा पनि हुन्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?