द्रोपदी मुर्मूः ५ वर्षबीच दुई पुत्र र पति वियोगका बाबजुद संघर्ष गर्दै रचिन् इतिहास

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ६, २०७९
|
|
१८ पटक हेरिएको
Shares
द्रोपदी मुर्मूः ५ वर्षबीच दुई पुत्र र पति वियोगका बाबजुद संघर्ष गर्दै रचिन् इतिहास

सारांश

  • एजेन्सी।
  • द्रोपदी मुर्मू भारतको प्रथम आदिवासी महिला राष्ट्रपति हुने निश्चित भएको छ ।
  • उनले इतिहास रचिसकेकी छिन्।

एजेन्सी। द्रोपदी मुर्मू भारतको प्रथम आदिवासी महिला राष्ट्रपति हुने निश्चित भएको छ । उनले इतिहास रचिसकेकी छिन्। द्रोपदी उडिसाको सन्थाल जाजातिको विपन्न परिवारमा जन्मिएकी हुन् । बाल्यकाल संघर्षमा बिताएकी द्रोपदीको जीवन पीडाहरुले भरिएको छ। ३ वर्षको फरकमा दुई छोरा गुमाइन्।

द्रोपदीका एक छोरा लक्ष्मण मुर्मूको सन् २००९ मा निधन भएको थियो । मृत्यु रहस्यमय बन्यो । लक्ष्मण ओछ्यानमा बेहोश अवस्थामा भेटिएका थिए । उनलाई अस्पताल लगिंदा मृत घोषित गरिएको थियो । लक्ष्मण साथहिरुसँग भोजमा गएका थिए र निकै थाकेको बताएर सुतेका थिए । तर, विहान ढोका नखोलेपछि फोडेर निकाली अस्पताल लगिएको थियो ।

छोराको मृत्युपछि द्रोपदी मानसिक रुपमा विक्षप्त भइन् । ६ महिनासम्म उनको मानसिक अवस्थामा समस्या आयो । उनी अध्यात्मिक कार्यमा लागेर सामान्य भइन् । तर, उनको जीवनमा अर्को बज्रपात आइलाग्यो ।

जेठो छोराको मृत्युको २ वर्षपछि कान्छो छोराको सडक दुर्घटनामा निधन भयो । त्यसपछि द्रोपदीले उक्त घरलाई होस्टलमा परिणत गरिन् । उनका पति लक्ष्मण मुरमको हृदयघातबाट सन् २०१४ मा निधन भएको थियो।

द्रोपदी ओडिसाकी हुन्। उनी ६४ वर्षकी भइन्। उनकी एक छोरी इतिश्री मुर्मू छिन्। उनकी एक छोरी छिन्। झारखण्डकी पूर्व गर्भनर द्रोपदीले स्नातक सम्म अध्ययन पूरा गरेकी छिन् । उनी हिन्दू धर्म मान्छिन् र शाकाहारी हुन् । ब्रम्हकुमारी सेन्टरमा गएर योग र साधनामा लागिन् । उनी हरेक दिन साँढे ३ बजे उठ्छिन्। योग गर्छिन् ।

द्रोपदीले सुरुमा शिक्षकका रुपमा काम गरिन् । पछि राजनीतिमा प्रवेश गरिन्। भाजपाबाट सन् १९९७ मा उडसाको रैरानागपुर नगर पञ्चायतको काउन्सिलर निर्वाचित भएकी थिइन् । सन् २००० मा उक्त नगर पञ्चायतको प्रमुख बनिन् । भाजपाको आदिवासी मोर्चाको उपाध्यक्ष बनिन् ।

उडिसामा भाजपा र बिजु जनता दलको संयुक्त सरकार हुँदा २००० देखि २००२ सम्म मन्त्री भइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?