लालबाबु राउतलाई विदेश जान राेक्ने सरकारले विद्यासुन्दर शाक्य विदेश जाँदा किन देखेन ?
सारांश
- काठमाडौं, १७ साउन ।
- निर्वाचित भएदेखि नै कार्यक्षमतालाई लिएर आलोचित बन्दै आएका काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य परराष्ट्र मन्त्रालयलाई थाहै नदिइ जापान उडेका छन् ।
- परराष्ट्रलाई थाहै नदिई शाक्य मंगलबार सुटुक्क जापानतिर लागेका हुन् ।
काठमाडौं, १७ साउन । निर्वाचित भएदेखि नै कार्यक्षमतालाई लिएर आलोचित बन्दै आएका काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य परराष्ट्र मन्त्रालयलाई थाहै नदिइ जापान उडेका छन् । परराष्ट्रलाई थाहै नदिई शाक्य मंगलबार सुटुक्क जापानतिर लागेका हुन् । सरकारले जनप्रतिनिधिहरुले विदेश जाँदा अनिवार्य परराष्ट्रको अनुमति लिनुपर्ने कार्यविधि बनाएको छ ।
परराष्ट्र मन्त्रालय सहसचिव तथा प्रवक्ता भरतराज पौडेलले मेयर शाक्य जापान गएकोबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । ‘यो प्रधानमन्त्रीको कार्यालयको सरोकारको विषय हो’, उनले भने, ‘हामीलाई शाक्य जापान गएकोबारेमा कुनै जानकारी छैन ।’ अन्नपुर्ण दैनिकका अनुसार उता प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् सहसचिव विनोद कुँवरले शाक्य बिनाअनुमति जापान उडेकोबारेमा बुझ्नु पर्ने बताए । ‘आज त योबारेमा बुझ्न सम्भव छैन, अब भोलि बुझौँला,’ प्रवक्ता कुबँरले भने ।
महानगरपालिका सूचना अधिकारी वसन्त आचार्यले शाक्य मंगलबार जापान गएको पुष्टि गरेका छन् । यसअघि ललितपुरका मेयर चिरिबाबु महर्जन समेत परराष्ट्रको स्वीकृतिबिना विदेश गएका थिए । स्थानीय तहका जनप्रतिनिधिहरुले परराष्ट्रको स्वीकृत लिएर मात्रै विदेश जानुपर्ने कार्यविधि सरकारले बनाएको छ । केपी ओली नेतृत्वको सरकारले सुरुबाटै कर्मचारी र जनप्रतिनिधिलाई आफूखुसी विदेश जान रोक लगाइसकेको छ।
यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई पनि सरकारले विदेश जान अनुमति दिएको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत बिनाकारण विदेश सयरलाई रोक्न निर्देशन दिइसकेका छन् । मन्त्री, सांसद र स्थानीय तहका पदाधिकारीसम्मलाई परराष्ट्रको अनुमति लिएर मात्रै विदेश भ्रमणमा जान उनले निर्देशन दिए थिए ।
Minesh Gole
pm जि को आफ्नै sala परेउ क्यारे
Bijay Gurung
Salo
Krishna Thakuri
जे गरे ठिकै गर्याे अबकाे केही बर्ष पछि काठमाडौं महानगरबाट बागमती तिर फ्याकिदिन्छ जन्ताले त्यसैले गएकाे हाेला
Uddhab Thapa
अबका भाबि दिनमा नेपाल खाल्टाे असारे पानिले डुबानमा पर्ने देखेर । डुबानको पीडा खेप्नुपरेको खण्डमा जापान सरकारकाे राहात कस्ताे हुन्छ भनी स्थलगत भ्रमण हाेला। कसाे उपमेयर साप
Chhabi Lal Pradhan
Amale ka bafadar sipahi hun tiniharu le je gare pani hunxa
Induprasad Dhungel
कुन माइ का लाल ले साला ज्यु लाइ छुन सक्छ !
Chandra Kalpana Tamang
विद्या सुन्दर शाक्य चाहिँ असनका साढे हुन सरकार।।।जो महिनैपिच्छे विदेश भ्रमणमा जाने गर्छन्।।।लालबाबु राउतलाई रोक्ने सरकारले शाक्यलाई किन रोक्दैन।।।।
Chhabi Thapa
Salo kta prayr
Biru Lama
Oli bhakta.
दावा शेर्पा
अोलिको सालो जेगरेपनि भयो
Yangzom Sherpa
Budget nikasa garera kineko mobile price 30000
Kisu Baral
Salo parera hola ni
Bijay Rajbhandari
आफ्नु मान्छे जे गरेनी हुन्छ बिरोधिमान्छे गर्न हुन्न ।
Prakash Basnet
Kp ko salo vyar
Dipesh BC
आफ्नो सालोलाई कसरी रोक्ने यो परमपरा देखि चल्दै आएको चलन चल्तिनै होत यस्मा त केही भन्नु पर्ने कुरै छैन नि
Khemraj Adhikari
राजनितिकरण भनेको यस्तै यस्तै हो कि आफ्नै फलिफाप?