एसपी उत्तम सुवेदीलाई अपराधीको चुनौती….

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २०, २०७३
|
|
१६६ पटक हेरिएको
Shares
एसपी उत्तम सुवेदीलाई अपराधीको चुनौती….

सारांश

  • सर्लाहीमा एउटा सनसनीपूर्ण हत्या भएको एक महिना बितेको छ ।
  • तर प्रहरीले हत्याराको बारेमा केही पत्ता लगाउन सकेको छैन ।
  •   ठीक एक महिनाअघि सर्लाहीको हरिवन, घुर्काेलीमा स्थानीय मानबहादुर स्याङतानको हत्या भएको थियो ।

सर्लाहीमा एउटा सनसनीपूर्ण हत्या भएको एक महिना बितेको छ । तर प्रहरीले हत्याराको बारेमा केही पत्ता लगाउन सकेको छैन ।  ठीक एक महिनाअघि सर्लाहीको हरिवन, घुर्काेलीमा स्थानीय मानबहादुर स्याङतानको हत्या भएको थियो ।  सुरुमा उनको टाउको नभएको शव भेटिएको थियो, पछि हत्याराले ५ दिनपछि टाउको लगेर राखेका थिए । जून हत्या अहिलेसम्म रहस्यमै छ ।   स्थानीय वनमा वनपालेका रूपमा काम गर्ने स्याङतान बिहानै बारीमा काम गर्न हिँडेका थिए । टाउको नै गायब बनाएर उनको हत्या भएको थियो । हत्याको पाँच दिनपछि शव भेटिएकै ठाउँमा उनको टाउको भेटियो । जसले घटनालाई थप रहस्यमय बनायो । तर, एक महिना बित्दा पनि हत्याको कारण खुल्न सकेको छैन । स्याङतान स्थानीय वनको संरक्षणमा सक्रिय हुने गरेका थिए । त्यही रिसइबीमा कसैले उनको हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । घरबाट करिब पाँच सय मिटरको दूरीमा उनको शव भेटिएको हो । लामो समयसम्म पनि घटनाको अनुसन्धानमा सफलता हात नपरेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट समेत टोली खटिएको छ ।   प्रहरीमा सिंघम एसपीको छवी भएका एसपी उत्तम सुवेदीले उक्त घटनाको अनुसन्धानमा कुनै सफलता हात पार्न नसकेपछि उनको जिल्लामा आलोचना सुरु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी
प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी
विदेशी मुद्राको विनिमय दर यस्ताे छ
विदेशी मुद्राको विनिमय दर यस्ताे छ
समय खड्काको ‘दिउँला माया’ सार्वजनिक (भिडियोसहित)
समय खड्काको ‘दिउँला माया’ सार्वजनिक (भिडियोसहित)
निर्वाचन आयोगले खारेज गरेको तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चले दियो आन्तरिम आदेश
निर्वाचन आयोगले खारेज गरेको तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चले दियो आन्तरिम आदेश
नेपाल र बंगलादेश सेमिफाइनलमा
नेपाल र बंगलादेश सेमिफाइनलमा
कस्तो होला त २५ लाख अमेरिकी डलरको चिनिया बन्दुक ?
कस्तो होला त २५ लाख अमेरिकी डलरको चिनिया बन्दुक ?
हटाउन खोज्ने आइजीलाई उल्टै ‘ख्याल गरिबक्सेला श्रीमान्, समय खराब छ’ भन्ने एसपी र  डिएसपी !
हटाउन खोज्ने आइजीलाई उल्टै ‘ख्याल गरिबक्सेला श्रीमान्, समय खराब छ’ भन्ने एसपी र डिएसपी !
फिलिपिन्सको निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा डा रिजाल सहभागी
फिलिपिन्सको निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा डा रिजाल सहभागी
विराटनगरको सिंघिया खोलामा बालिकाको शव भेटियो
विराटनगरको सिंघिया खोलामा बालिकाको शव भेटियो
चीन, अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी फर्किए
चीन, अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी फर्किए