शेरबहादुरजी किन डराए ? बुझ्न गाह्रो भयो

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
१७ पटक हेरिएको
Shares
शेरबहादुरजी किन डराए ? बुझ्न गाह्रो भयो

सारांश

  • काठमाडौं, ५ फागुन ।
  • नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महासमिति बैठकबाट शेरबहादुर देउवा डराउनु नपर्ने बताएका छन् ।
  • नेपाल विद्यार्थी संघको प्रदेश नं १ स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महासमिति बैठकबाट शेरबहादुर देउवा डराउनु नपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघको प्रदेश नं १ स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

विधानतः महासमिति बैठक बोलाउनुपर्ने भएपनि अहिलेसम्म नबोलाएको बैठकबाट देउवा लगायतका कोही पनि नेता डराउनुपर्ने कारण नभएको कोइरालाले टिप्पणी गरेका छन् ।

साथै अब छिट्टै महासमिति बैठक बोलाएर पार्टीका महत्वपूर्ण मुद्दाका बारेमा छलफल गरिनुपर्ने उनले धारणा समेत राखे ।

आफूहरुलाई अप्ठ्यारो पार्न महासमिति वैठक बोलाउन लागिएको हो की भनेर सभापति शेरबहादुर देउवाजी आत्तिनुपर्दैन उनले भने कोइरालाले थपे, शेरबहादुरजी किन डराउनुभएको छ बुझ्न सकिएन ।

डा कोईरालाले सभापतीजीले महासमितीको बैठक बोलाउछु भन्नुभएको लामो समय बितिसक्यो । बैठक बोलाउन किन आलटाल गरिरहनुभएको छ बुझ्न सकेको छैन ।

कार्यक्रममा नेविसंघका महामन्त्री कुन्दन काफ्लेलगायत विद्यार्थी नेताहरुले कांग्रेसलाई जनताको बीचमा पुन स्थापित गर्न नेविसंघलाई सक्रिय गराउने अभियान अन्तर्गत आफूहरु देशव्यापी अभियानमा उत्रिएको बताए ।

(leankitchenco.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?