को हुन् सलमानद्वारा लञ्च हुन लागेका कलाकार

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
को हुन् सलमानद्वारा लञ्च हुन लागेका कलाकार

सारांश

  • मुम्बई, ९ जेठ ।
  • बलिउड अभिनेता सलमान खान आफ्नो प्रोडक्शन हाउसबाट बन्दै गरेको फिल्म लबरात्रीमा आयुष शर्मालाई लञ्च गर्दै छन् ।
  • जो नाताले सलमानका बैनी ज्वाँइ हुन् ।

मुम्बई, ९ जेठ । बलिउड अभिनेता सलमान खान आफ्नो प्रोडक्शन हाउसबाट बन्दै गरेको फिल्म लबरात्रीमा आयुष शर्मालाई लञ्च गर्दै छन् ।

जो नाताले सलमानका बैनी ज्वाँइ हुन् । तर विडम्बना उनको पहिलो फिल्म नै रिलीज हुने वा नहुने अझै निश्चित छैन ।

विश्व हिन्दु परिषद (वीएचपी) ले सलमानको आउँदै गरेको फिल्म रिलीज हुन नदिने बताएको छ । फिल्मको नाम लवरात्रीले हिन्दु पर्वको नाम बिगारेको उनीहरुको आरोप छ । वीएचपीका अन्तर्राष्ट्रिय कार्यवाहक अध्यक्ष आलोक कुमारले भने,‘हामी यो फिल्म फिल्महलमा लाग्न दिँदैनौँ,’ उनले थपे,‘हामी हिन्दुहरुको भावना आहत भएको देख्न चाहँदैनौ ।’

मिडियासँग कुरा गर्दै उनले भने,‘फिल्म नवरात्रीको पृष्ठभुमीमा बनेको छ , जुन एक हिन्दु पर्व हो र यस्ता सिनेमाले चाडको अर्थ बिग्रन्छ ।’ फिल्म गजरातमा सुटिंग भएको हो र यही वर्ष ६ अक्टुबरमा यसको रिलीजको तयारी हुँदै छ । फिल्म रिलीज मिति पनि नवरात्रि कै बेलाको राखिएको छ । वीएचपी र अरु केही समुहले यो भन्दा पहिले पनि धेरै फिल्महरुको विरोध गर्दै आइरहेका छन् ।

सलमानले गएको डिसेम्बरमा यो प्रोजेक्टको घाषणा गरेका थिए । सलमानको आफ्नो होमप्रोडक्शनमा बनेको यो पाँचौ फिल्म हो । अभिराज मीनावालाले फिल्म निर्देशन गर्दैछन् । अभिराजका लागि पनि यो निर्देशकका रुपमा पहिलो फिल्म हो । यो भन्दा पहिले उनले सलमान अभिनित चलचित्र सुल्तानमा एसिस्टेन्ट डाइरेक्टरको रुपमा काम गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?