धादिङमा उम्मेदवारका उस्ताउस्तै नारा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
२८ पटक हेरिएको
Shares
धादिङमा उम्मेदवारका उस्ताउस्तै नारा

सारांश

  • जिल्लामा मंसिर १० गते हुने निर्वाचनको प्रचारप्रसारमा विभिन्न राजनीतिक दल सक्रिय भएका छन् ।
  • पार्टीका आआफ्ना घोषणापत्र भए पनि जिल्लामा उम्मेदवार बनेका  र लोकतान्त्रिक गठबन्धन बीच मात्र बलियो प्रतिष्पर्र्धा हुने देखिएको छ भने अन्य दलका उम्मेदवारको चर्चा शुन्य छ ।
  • प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (एमाले)का जिल्ला कार्यवाहक अध्यक्ष भूमि त्रिपाठीले चुनावी अभियान थाल्नुभएको छ भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका विश्वप्रसाद अर्यालले प्रचार अभियान शुरु गर्ने बताउनुभएको छ ।

जिल्लामा मंसिर १० गते हुने निर्वाचनको प्रचारप्रसारमा विभिन्न राजनीतिक दल सक्रिय भएका छन् ।

पार्टीका आआफ्ना घोषणापत्र भए पनि जिल्लामा उम्मेदवार बनेका  र लोकतान्त्रिक गठबन्धन बीच मात्र बलियो प्रतिष्पर्र्धा हुने देखिएको छ भने अन्य दलका उम्मेदवारको चर्चा शुन्य छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (एमाले)का जिल्ला कार्यवाहक अध्यक्ष भूमि त्रिपाठीले चुनावी अभियान थाल्नुभएको छ भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका विश्वप्रसाद अर्यालले प्रचार अभियान शुरु गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख १८ हजार १५० मतदाता छन् । यो क्षेत्र एमाले र माओवादी केन्द्रबीच नै प्रतिष्पर्धा हुने गरेको छ । यस क्षेत्रअन्तर्गत स्थानीय तहको निर्वाचनमा बेनीघाट रोराङ गाउँपालिकामा मात्र नेपाली काँग्रेसले उपाध्यक्ष पद हात पारेको थियो भने अध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको थियो । धुनीबेँशी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका र सिद्धलेक गाउँपालिकामा एमालेले विजय हासिल गरेको थियो । स्थानीय तहको निर्वाचनअनुसार यो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले प्राप्त गरेको मतभन्दा वाम गठबन्धनले प्राप्त गरेको मत ३३ हजारले बढी छ ।

यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका एमालेका खेमप्रसाद लोहनी र लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका दिलमान पाख्रिन उम्मेदवार हुनुभएको छ । दिलमान पाख्रिन वर्तमान सरकारका कानून राज्यमन्त्री हुनुहुन्छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख १५ हजार ३५५ मतदाता छन् । सदरमुकामसमेत रहेको नीलकण्ठ नगरपालिका र छ वटा गाउँपालिका रहेको यस क्षेत्रमा स्थानीय तह निर्वाचनको मत परिणमलाई हेर्दा लोकतान्त्रिक गठबन्धनभन्दा वाम गठबन्धनको मत ११ हजार बढी देखिन्छ । यसले गर्दा यस क्षेत्रमा चुनावी प्रतिष्पर्धा कडा हुने र आफूहरूले नै विजय हासिल गर्ने वाम गठबन्धनका उम्मेदवार लोहनी र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पाख्रिनले बताउनुभएको छ ।

प्रदेशसभामा वाम गठबन्धनमा एमाले र माओवादी केन्द्रले दुई÷दुई क्षेत्र भागबण्डा गरेका छन् भने लोकतान्त्रिक गठबन्धनमा नेपाली काँग्रेसले ३ क्षेत्र लिएको छ भने एक क्षेत्र राप्रपालाई छाडेको छ । यसअघि प्रत्यक्ष निर्वाचनमा भाग लिँदै आएका राप्रपाका बुद्धिमान तामाङ यस पटक प्रत्यक्ष निर्वाचनमा सहभागी हुनुहुन्न ।

जिल्लामा एक लाख १५ हजार ७९६ महिला एक लाख १७ हजार ७०८ पुरुष गरी दुई लाख ३३ हजार ५०४ मतदाता छन् । जिल्लामा उम्मेदवार भएका नयाँ शक्ति पार्र्टीबाट नेपाली काँग्रेसलाई सहयोग गर्ने भन्ने निर्देशन आएको भए पनि क्षेत्र नं १ मा अझैसम्म राजु नेपालले आफ्नो उम्मेदवारी फिर्ता नलिइ निर्वाचन प्रचारमा लाग्नुभएको छ । यसैगरी क्षेत्र नं २ मा भने नयाँशक्तिले पनि काँग्रेसको उम्मेदवारलाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले जिल्लाको एकै खालको विषयलाई आफ्नो नारा बनाएका छन् । पुनःनिर्माण र भूकम्प प्रभावितलाई सहयोग गर्ने, जलाशययुक्त बूढीगण्डकी परियोजना सञ्चालनमा छिटो मुआब्जा दिएर काम शुरु गराउने, जिल्लाभर सडक सञ्जाल बनाई जिल्लाका ठूला सडक निर्माणमा जोड दिने जमिनको वर्गीकरण गरी कृषि, वन, औद्योगिक, बजार क्षेत्र निर्धारण गर्ने काम प्राथमिकताका साथ अघि बढाउने, कृषि विकासका लागि व्यावसायिक क्षेत्र विकास गर्ने, उद्योगको व्यवस्थापन गर्ने, पर्यटन विकासमा जोड दिई उत्तरी र दक्षिणी धादिङलाई पर्यटकीय क्षेत्र बनाउने नारा लिएर चुनावमा होम्मिएको अग्रसर भएका उम्मेदवारले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?