मन्त्रीमण्डल पुनर्गठनमा ओली र प्रचण्डको आ-आफ्नै अडान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ३, २०७६
|
|
२९ पटक हेरिएको
Shares
मन्त्रीमण्डल पुनर्गठनमा ओली र प्रचण्डको आ-आफ्नै अडान

सारांश

  • प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठनका लागि अर्का अध्यक्ष प्रचण्डसँग सोमबार तीन घन्टा लामो छलफल गरेपनि निष्कर्ष निस्किएन ।
  • मन्त्रिहरुको टुंगो लगाएर अगाडि बढ्न ओली तयार भइसकेको अवस्थामा केही नामबारे प्रचण्ड र ओली दुवैको असहमति देखिएको बुझिएको छ ।
  • ओलीले सरकार संचालनका लागि सहयोगी मानिएका महत्वपूर्ण मन्त्रालयमा आफू अनुकूलको व्यक्ति चयन गर्न खोजेपनि प्रचण्डले हाल जिम्मेवारीमा रहेका महत्वपूर्ण मन्त्रालयमा टसमस हुन चाहेनन् ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठनका लागि अर्का अध्यक्ष प्रचण्डसँग सोमबार तीन घन्टा लामो छलफल गरेपनि निष्कर्ष निस्किएन । मन्त्रिहरुको टुंगो लगाएर अगाडि बढ्न ओली तयार भइसकेको अवस्थामा केही नामबारे प्रचण्ड र ओली दुवैको असहमति देखिएको बुझिएको छ ।

ओलीले सरकार संचालनका लागि सहयोगी मानिएका महत्वपूर्ण मन्त्रालयमा आफू अनुकूलको व्यक्ति चयन गर्न खोजेपनि प्रचण्डले हाल जिम्मेवारीमा रहेका महत्वपूर्ण मन्त्रालयमा टसमस हुन चाहेनन् । स्रोतका अनुसार ओलीले गृह, अर्थ र भौतिक मन्त्रालयमा नयाँ अनुहार ल्याउन चाहेका छन् । तर, प्रचण्डले गृहमा आफू निकटकालाई नै राख्ने अडान छाडेनन् ।

स्रोतका अनुसार ओलीले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी वामदेव गौतमलाई र अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेललाई दिनेगरी प्रस्ताव राखेका छन् । प्रचण्डले गृहमा आफू निकटस्थलाई नै राख्ने अडान छाडेका छैनन् । उनले रामबहादुर थापा बादलको निरन्तरता या आफ्नै पक्षबाट अर्को व्यक्ति हुनुपर्नेमा जोड दिएका छन् ।

मन्त्रीमण्डलबाट कति जनालाई हटाउने र कति जना नयाँ ल्याउनेबारे समेत दुवै नेताबीच छलफल भएको छ । प्रचण्डले केही मन्त्रीको पक्षमा अडान लिएका छन् । ओलीले पनि केही मन्त्रीहरुको नाममा अडान कसेको बुझिएको छ । केही मन्त्री बाहेक अधिकांशलाई हटाएर नयाँ अनुहार ल्याउने पक्षमा ओली रहेका छन् ।

मन्त्रिमण्डलमा पुर्नगठन गर्दा आफ्ना निकै नजिककाहरु समेत हट्नसक्ने र त्यसले आफूलाई राजनीतिक धक्का पुग्नसक्नेतर्फ प्रचण्ड सचेत भएका छन् । त्यसैले उनले आफ्ना पक्षका केही मन्त्रीहरुको पक्षमा अडान लिएका छन् । विशेषगरीः गृहमन्त्री बादल र ऊर्जामन्त्री वर्षमान पुनको पक्षमा प्रचण्ड अडिएका छन् । ओलीले पनि इश्वर पोखरेल, प्रदीप ज्ञवाली, गोकुल बाँस्कोटाको पक्षमा अडान लिएका छन् ।

मन्त्रीका लागि धेरै आकांक्षी रहेको र दुवै अध्यक्षलाई मन्त्री बन्न पाऊँ भनी लबिङ गरेबाट ओली र प्रचण्ड दबाबमा परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाविरुद्ध पक्राउ पुर्जी जारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाविरुद्ध पक्राउ पुर्जी जारी
आगामी वर्षको चैतमा नेकपाको महाधिवेशन हुने !
आगामी वर्षको चैतमा नेकपाको महाधिवेशन हुने !
एमसीसी पारित गर्न तात्तिए देउवा, प्रचण्डले साथ नदिए गठबन्धन तोडिने
वीरगन्जमा राजपाको मसाल जुलुस, विरोध स्वरुप मंगलबारदेखि चार दिनको बन्द
वीरगन्जमा राजपाको मसाल जुलुस, विरोध स्वरुप मंगलबारदेखि चार दिनको बन्द
सानो पद, ठूलो हैरानी
सानो पद, ठूलो हैरानी
फोनमा अब जत्ति बोल्यो, त्यत्तिकै मात्र पैसा
फोनमा अब जत्ति बोल्यो, त्यत्तिकै मात्र पैसा
जाजरकोटलाई गौरव गर्न लायक जिल्ला बनाइने
जाजरकोटलाई गौरव गर्न लायक जिल्ला बनाइने
दिलकाे भित्तैका गितकारकाे ‘काेरियन रेल’ रिलिज
दिलकाे भित्तैका गितकारकाे ‘काेरियन रेल’ रिलिज
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)
कति प्यारो रहेछ केही कर्मचारीका लागि वन मन्त्रालय! सरुवा हुनै नपर्ने
कति प्यारो रहेछ केही कर्मचारीका लागि वन मन्त्रालय! सरुवा हुनै नपर्ने

तपाईंले छुटाउनुभयो कि?