धावनमार्गमा विमान चिप्लिए पछि…
सारांश
- प्रशान्त महासागरको किनारमा रहेको एक विमानस्थलमा अवतरण गर्ने क्रममा शुक्रबार एउटा विमान गम्भीर दुर्घटनामा परेको छ।
- ४७ यात्रु बोकेको पपुआ न्यू गिनीको एयर न्यूगिनीको बोइङ ७३७–८०० विमान मोइकोनेसियास्थित चुक विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएर समुन्द्रमा पसेको हो।
- विमान बिहान करिब ९ः३० बजे अवतरण गर्ने तालिका थियो।
प्रशान्त महासागरको किनारमा रहेको एक विमानस्थलमा अवतरण गर्ने क्रममा शुक्रबार एउटा विमान गम्भीर दुर्घटनामा परेको छ। ४७ यात्रु बोकेको पपुआ न्यू गिनीको एयर न्यूगिनीको बोइङ ७३७–८०० विमान मोइकोनेसियास्थित चुक विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएर समुन्द्रमा पसेको हो। विमान बिहान करिब ९ः३० बजे अवतरण गर्ने तालिका थियो। अवतरणका लागि आइपुगेको विमान धावनमार्गमा नरोकिई अघि बढेको थियो। सिधा अगाडि समुन्द्र रहेका कारण विमान समुन्द्रभित्र प्रवेश गर्याे।
‘मैले हामी अवतरण भयाैं हाेला भन्ने साेच्दैथिएँ। एक्कासी विमानका प्वालबाट पानी अाएकाे देखेँ’, एक जना यात्रु बिल जयनेसले भने, ‘विमानभित्र पानी भरिनुभन्दा अगाडि नै उद्धारकर्ता अाइपुगेर हामीलार्इ बाहिर निकाले।’ धावनमार्गमा १६० मिटर दौडिएपछि विमान अगाडिको समुन्द्रमा पुगेको थियो। जहाजमा ३६ यात्रु र ११ चालक दल सदस्य थिए। विमानस्थलका अनुसार विमानमा रहेका सबै यात्रु सकुशल छन्। विमानमा रहेका यात्रु एवं चालक दल सदस्यलाई अस्पताल भर्ना गरिएको छ।
एयर न्यूगिनले एक विज्ञप्ति जारी गर्दै एयरलाइन्स कम्पनीले यात्रु र चालक दल सदस्यकाे हेरचाहमा ‘सबै प्रयास’ जारी राखेकाे जनाएकाे छ। दुर्घटनाकाे छानवीन गर्न पपुआ न्यू गिनीकाे एक टाेली दुर्घटनास्थल पुगेकाे छ। सन् २०१३ मा १०१ यात्रु बोकेको लायन एयरको जहाज इन्डोनेसियाको डेन्पासरमा अवतरण गर्ने क्रममा पानीमा पुगेको थियो।
प्रतिक्रिया