चीनले अमेरिकालाई लगायो कोरोनाभाइरसबारे ‘त्रास फैलाएको’ आरोप

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २१, २०७६
|
|
२८ पटक हेरिएको
Shares
चीनले अमेरिकालाई लगायो कोरोनाभाइरसबारे ‘त्रास फैलाएको’ आरोप

सारांश

  • बीबीसी।
  • चिनियाँ सरकारले कोरोनाभाइरसको प्रकोपलाई लिएर "त्रास फैलाउने गरी" प्रतिक्रिया जनाएको अमेरिकामाथि आरोप लगाएको छ।
  • अमेरिकाले जनस्वास्थ्य सङ्कट घोषणा गरेकोमा र दुई सातायता चीन बसेका विदेशी नागरिकको आवागमनमा रोक लगाउने निर्णय गरेपछि चीनको यस्तो प्रतिक्रिया आएको हो।
बीबीसी। चिनियाँ सरकारले कोरोनाभाइरसको प्रकोपलाई लिएर "त्रास फैलाउने गरी" प्रतिक्रिया जनाएको अमेरिकामाथि आरोप लगाएको छ।

अमेरिकाले जनस्वास्थ्य सङ्कट घोषणा गरेकोमा र दुई सातायता चीन बसेका विदेशी नागरिकको आवागमनमा रोक लगाउने निर्णय गरेपछि चीनको यस्तो प्रतिक्रिया आएको हो।

चीनमा १७ हजारभन्दा बढी मानिसमा कोरोनाभाइरस देखा परेको पुष्टि भइसकेको छ। चीनमा मात्रै करिब ३६१ जनाको ज्यान गइसकेको छ।चीन बाहिर १५० जनाभन्दा बढीमा भाइरस पाइएको पुष्टि भइसकेको छ भने फिलिपिन्समा एक जनाको मृत्यु भएको छ।

सोमवारको समाचार विवरणमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी कदमले 'केवल त्रास निम्त्याएको र फैलाएको' भनेकी छन्। सहायता गर्नुको सट्टा चिनियाँ नागरिकमाथि प्रतिबन्ध लगाउने पहिलो देश अमेरिका भएको र उसैले आफ्ना दूतावासबाट आंशिक रूपमा मानिस फिर्ता लगेको पनि उनले बताएकी छन्।

"महामारीबाट जोगिने बलियो क्षमता भएका अमेरिकाजस्ता विकसित देशले नै खासगरी… विश्व स्वास्थ्य सङ्गठनको सिफारिसभन्दा विपरीत प्रतिबन्धहरू लगाउने अग्रणी भएका छन्," रोयटर्सलाई उनले भनेकी छन्।

अमेरिकाले प्रतिबन्ध लगाएलगत्तै अस्ट्रेलियाले पनि आफ्नो देशमा चिनियाँ नागरिकको आवागमनमा प्रतिबन्ध लगाएको छ।

सोमवार नै हङ्‌कङले पनि चीनसँग जोडिएका १३ मध्ये १० वटा सीमाबाट मध्यरातदेखि मानिसको आवागमन रोक्ने जनाएको छ।विश्व स्वास्थ्य सङ्गठनले खासमा यात्रुहरू अनौपचारिक रूपमा देश प्रवेश गरे त्यसले झन् भाइरसको सङ्क्रमण बढाउन सक्ने भन्दै सीमा बन्द गर्ने निर्णयप्रति सतर्क गराएको छ।

ज्यानुअरी २३ तारिखमा अमेरिकाले आफ्ना अत्यावश्यक बाहेकका सबै नागरिक र उनीहरूका परिवारका सदस्यलाई भाइरस देखापरेको वुहान शहरबाट फर्किन निर्देशन दिएको थियो। त्यसको एक साताभन्दा कम समयमै अत्यावश्यक बाहेकका अमेरिकी सरकारका कर्मचारी र उनीहरूका आफन्तलाई स्वेच्छिक रूपमा बाहिरिन अनुमति दिएको थियो।

ज्यानुअरी ३० तारिखमा विश्व स्वास्थ्य सङ्गठनले यो नयाँ भाइरसबारे विश्वव्यापी रूपमा स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो।उक्त निर्णयपछि अमेरिकाले आफ्ना सबै कर्मचारीका परिवारका २१ वर्षमुनिका सदस्यलाई अमेरिका फर्किन निर्देशन दिएको थियो। हुबे प्रान्तमा रहेका कुनै पनि अमेरिकी नागरिक स्वदेश फर्किएपछि उनीहरू दुई सातासम्म निगरानीमा बस्नुपर्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन अम्बिर गुरुङले ओखलढुंगामा गरेका काम, गुरुङ भन्छन- ‘अधुराकाम पुरा गर्नु छ’
यी हुन अम्बिर गुरुङले ओखलढुंगामा गरेका काम, गुरुङ भन्छन- ‘अधुराकाम पुरा गर्नु छ’
पाकिस्तानमा भाइरस फैलिएको भन्दै अमेरिकाविरुद्ध मुद्दा
पाकिस्तानमा भाइरस फैलिएको भन्दै अमेरिकाविरुद्ध मुद्दा
लहानमा बम विष्फोटमा परी ६ जना घाइते
लहानमा बम विष्फोटमा परी ६ जना घाइते
निर्मलाका निम्ति न्याय :उदयपुर गाईघाट पनि प्रदर्शन
निर्मलाका निम्ति न्याय :उदयपुर गाईघाट पनि प्रदर्शन
ल्हासाबाट नेपालका विमानस्थलमा सिधा उडान गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
ल्हासाबाट नेपालका विमानस्थलमा सिधा उडान गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन
अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन
एमाले मुख्यालयबाट निजी निवास लगियो नेम्वाङको पार्थिव शरीर
एमाले मुख्यालयबाट निजी निवास लगियो नेम्वाङको पार्थिव शरीर
कपिलवस्तु क्षेत्रको विकासको लागि कुनै क्रसर बाकी नराख्ने प्रतिवद्धता : बलदेब
कपिलवस्तु क्षेत्रको विकासको लागि कुनै क्रसर बाकी नराख्ने प्रतिवद्धता : बलदेब
अनशन तोडाउँदा गरिएको सहमति कार्यान्वयन गर्न डा. केसीको ध्यानाकर्षण
अनशन तोडाउँदा गरिएको सहमति कार्यान्वयन गर्न डा. केसीको ध्यानाकर्षण
सामाजिक सञ्जालमा भाइरल बनेको राष्ट्रपति र प्रधानमन्त्रीको टीका
सामाजिक सञ्जालमा भाइरल बनेको राष्ट्रपति र प्रधानमन्त्रीको टीका

तपाईंले छुटाउनुभयो कि?