यी हुन् सडक बालबालीकालार्इ हस्त मैथुन गराउने सन्यासी बावा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
यी हुन्  सडक बालबालीकालार्इ हस्त मैथुन गराउने सन्यासी बावा

सारांश

  • बुटवल, २५ साउन ।
  • सुन्दा पनि प्रत्याउन गाह्रो तर यथार्थता देखेपछि अचम्म मान्ने घटना बुटवलमा फेला परेको छ ।
  • २० वर्षदेखि सन्याषी जीवन विताउदै आएका जोगी बावा बुटवलमा अप्राकृतिक मैथुन गदै गर्दा पक्राउ परेका छन ।

बुटवल, २५ साउन । सुन्दा पनि प्रत्याउन गाह्रो तर यथार्थता देखेपछि अचम्म मान्ने घटना बुटवलमा फेला परेको छ । २० वर्षदेखि सन्याषी जीवन विताउदै आएका जोगी बावा बुटवलमा अप्राकृतिक मैथुन गदै गर्दा पक्राउ परेका छन ।  सडक वालकहरुलाई आफनो कोठामा वोलाउने उनीहरुलाई पैसा दिने अनि अप्राकृतिक मैथुन गर्ने भारतको उडिसा घर बताउने ५५ वर्षिय बाबा सुन्दर पुरीलाई ईलाका प्रहरी कार्यालयले बिहीबार पक्राउ गरेको प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्लले जानकारी दिए ।

बाबाले दिनभर घरघरमा भिक्षा माग्दै हिड्ने साझँ बिहान सडक वालकलाई पैसा दिने लोभमा अप्राकृतिक मैथुन गराउने गरेको स्थानीय जनप्रतिनिधीले देखेपछि प्रहरीलाई खवर गरिएको थियो ।बुटवलको थोक कृषिउपजकेन्द्र नजिकै भाडामा वस्ने वावाले दुई सडक वालकलाई विगत २० दिन देखि नियमित रुपमा अप्राकृतिक मैथुन गर्ने गरेको ति वालकले प्रहरी समक्ष बताएको प्रनाउ मल्लले बताए ।

पक्राउ परेका वावाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अप्राकृतिक मैथुन अभियोगमा पक्राउ परेकालाई ३ वर्ष कैद र ३० हजार जरीवाना हुने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?