सर्वोच्च अदालतमा बम राखेको हल्ला
सारांश
- काठमाडौं ,मंसिर ५ सर्वोच्च अदालत परिसरमा शंकास्पद वस्तु भएको हल्ला चलेपछि अदालतमा तनाव भएको छ ।
- अदालतमा इजलास सुरु हुने बेला शंकास्पद वस्तु भएको हल्ला चलाइएपछि अदालत परिसरमा तनाव बढेको हो ।
- अपरिचित व्यक्तिले बाहिरबाट सर्वोच्चका कर्मचारीलाई अदालतमा बम छ भनेर सन्देश पठाएपछि सर्वोच्च परिसरमा तनाव बढेको हो ।
काठमाडौं ,मंसिर ५ सर्वोच्च अदालत परिसरमा शंकास्पद वस्तु भएको हल्ला चलेपछि अदालतमा तनाव भएको छ । अदालतमा इजलास सुरु हुने बेला शंकास्पद वस्तु भएको हल्ला चलाइएपछि अदालत परिसरमा तनाव बढेको हो ।
अपरिचित व्यक्तिले बाहिरबाट सर्वोच्चका कर्मचारीलाई अदालतमा बम छ भनेर सन्देश पठाएपछि सर्वोच्च परिसरमा तनाव बढेको हो । सर्वोच्च परिसरमा सुरक्षाकर्मीले तालिमप्राप्त दुई कुकुरको सहायतामा बमको विषयमा अनुसन्धान गरिराखेको छ ।
महान्यायाधीवक्ता कार्यालयका कर्मचारी भरत मैनालीका अनुसार अहिले इजलास लागेको छैन । कर्मचारी, सेवाग्राही र वकिल बाहिर आएका छन् ।
(Xanax)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया