माग पूरा नभएसम्म थप उपचार नलिने
सारांश
- काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग राखी २१ दिनदेखि अनसनरत प्रा डा गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म थप उपचार नलिने अडान राखेका छन् ।
- ‘सरकारले आफुलाई सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गरी माग पनि पुरा गर्ने बताएर काठमाडौँ ल्याएको थियो ।
- मलाई सुविधा सम्पन्न अस्पताल ल्याएको हैन, यी सबै परिक्षण त जुम्लामै भैरहेको थियो नि ?
काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग राखी २१ दिनदेखि अनसनरत प्रा डा गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म थप उपचार नलिने अडान राखेका छन् ।
‘सरकारले आफुलाई सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गरी माग पनि पुरा गर्ने बताएर काठमाडौँ ल्याएको थियो । मलाई सुविधा सम्पन्न अस्पताल ल्याएको हैन, यी सबै परिक्षण त जुम्लामै भैरहेको थियो नि ?’, उनले भने ।
डा.केसीले रगत, मुटुलगायत कुनै परिक्षण गर्न नमानेको उनको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् । विहिवारदेखि डा. केसीको कुनै परिक्षण गर्न नपाएको डाक्टरहरूले बताएका छन् ।
आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया