काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा ईश्वर

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १८, २०७३
|
|
२०३ पटक हेरिएको
Shares
काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा ईश्वर

सारांश

  • काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा ईश्वरराज पौडेल नियुक्त भएका छन् ।
  • यसअघिका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङलाई अन्यत्र सरुवा गरेर पौडेललाई ल्याइएको हो ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सहसचिव पौडेललाई महानगर प्रमुखका रुपमा जिम्मेवारी दिइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जनाएको छ ।

काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा ईश्वरराज पौडेल नियुक्त भएका छन् । यसअघिका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङलाई अन्यत्र सरुवा गरेर पौडेललाई ल्याइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सहसचिव पौडेललाई महानगर प्रमुखका रुपमा जिम्मेवारी दिइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जनाएको छ ।

निर्वाचन आअचारसंहिता लागू हुनु अघि नै मंगलबार प्रमुख कार्यकारी अधिकृतको रुपमा पौडेललाई पठाउने निर्णय भएको छ ।

प्रमुख कार्यकारीमा नियुक्त भएका पौडेलले यसअघि कास्कीमा स्थानीय विकास अधिकारीको रुपमा पनि काम गरिसकेका छन् ।

अब स्थानीय निकायको चुनाव नभएसम्म सहसचिव पौडेललेले महानगर प्रखुखको भूमिका निर्वाह गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?