उपप्रधानमन्त्री नै बसे निर्वाचन आयोगविरुद्ध धर्ना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ८, २०७३
|
|
१३४ पटक हेरिएको
Shares
उपप्रधानमन्त्री नै बसे निर्वाचन आयोगविरुद्ध धर्ना

सारांश

  • उपप्रधानमन्त्रीसहित चार मन्त्रीका साथ सरकारमा सहभागी राप्रपाले निर्वाचन आयोगले आफ्नो विधानबाट हिन्दू धर्म र राजसंस्था हटाइदिएको भन्दै आयोग घेराउ गरेको छ ।
  • संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समेत नेतृत्व गरेका उपप्रधानमन्त्री कमल थापा सरकारी झन्डासहित निर्वाचन आयोग घेराउमा सहभागी भएका हुन् ।
  • यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।

उपप्रधानमन्त्रीसहित चार मन्त्रीका साथ सरकारमा सहभागी राप्रपाले निर्वाचन आयोगले आफ्नो विधानबाट हिन्दू धर्म र राजसंस्था हटाइदिएको भन्दै आयोग घेराउ गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समेत नेतृत्व गरेका उपप्रधानमन्त्री कमल थापा सरकारी झन्डासहित निर्वाचन आयोग घेराउमा सहभागी भएका हुन् । यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।

घेराउका क्रममा प्रहरीले रोक्न खोज्दा भएको झडपमा राप्रपाका वरिष्ठ नेता पशुपतिशमशेर जबरासहित तीन दर्जन नेता तथा कार्यकर्ता घाइते भएका छन् । सोमबार आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा घेराउ गर्न पुगेका राप्रपाका नेता कार्यकर्तालाई निषेधित क्षेत्रमा जानबाट रोक्न खोज्दा भएको झडपमा उनीहरू घाइते भएका हुन् । त्यसक्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको थियो । त्यसको बाबजुद प्रहरीलाई पेल्दै उपप्रधानमन्त्री थापासहितका नेता–कार्यकर्ता निर्वाचन आयोगको ढोकामै धर्ना दिएका हुन् ।

राप्रपा नेता मोहन श्रेष्ठका अनुसार राप्रपाले विरोधस्वरूप आयोग कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको थियो । राप्रपाका नेताले घेराउपछि सम्बोधन गर्नेसमेत कार्यक्रम थियो । त्यही क्रममा प्रहरी र राप्रपाका नेता तथा कार्यकर्ताबीच झडप भएको हो । आयोगअगाडि धर्ना रोक्न प्रहरीले बल प्रयोग गरेपछि उपप्रधानमन्त्री थापा आफैं प्रहरीकै सुरक्षामा धर्ना बस्न पुगेका हुन् । धर्नापछि थापाले आयोगमा ज्ञापनपत्रसमेत बुझाएका छन् । जसमा आयोगको निर्णय संविधानविपरीत भएको भन्दै सच्याउन धम्की दिइएको छ । निषेधित क्षेत्रमा जानबाट रोक्ने क्रममा भएको झडपमा वरिष्ठ नेता राणा घाइते भएपछि सो क्षेत्र निकै तनाव ग्रस्त बनेको थियो । सो क्रममा कुन्ती शाही, रोशन कार्की, कोमल ओलीसहित तीन दर्जनभन्दा बढी नेता–कार्यकर्ता घाइते भएका छन् । घाइतेहरूको वीर अस्पताल तथा मोडल अस्पतालमा उपचार भइरहेको छ ।

निर्वाचन आयोगमा भएको सो घटनापछि आयोगले कुनै पनि असहमतिका विषयमा आफ्ना मागहरू विधिसम्मत तरिकाबाट राख्न पाइने बताएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले कुनै पनि राजनीतिक दलले आफ्ना मागहरू आयोगसमक्ष राख्न पाउने र राप्रपाको अध्यक्षको हैसियतले कमल थापा पनि ज्ञापनपत्र बुझाउन आएकाले त्यो आचारसंहिताविपरीत नहुने स्पष्ट पारे । धर्नामा बस्दा चाहिँ आचारसंहिताविपरीतको कार्य गरेको ठहरिन्छ कि ठहरिँदैन ? भन्ने प्रश्नमा प्रवक्ता शर्माले आचारसंहितामा उल्लेख भएबमोजिम हुने बताएका छन् ।

गत १८ फागुनदेखि निर्वाचन आयोगले आचारसंहिता जारी गरिसकेको छ । आचारसंहिताले विशेषगरी सरकार र सरकारी कर्मचारीहरूसँगै मन्त्रीहरूलाई पनि गर्न हुने र नहुने काम उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इयू निर्वाचन पर्यवेक्षण टोलीले दियो विद्युतीय मतदानको सुझाव
इयू निर्वाचन पर्यवेक्षण टोलीले दियो विद्युतीय मतदानको सुझाव
‘टेस्ट सिरीज’जितेको खुसिमा बिसिसिआईद्धारा बोनसको घोषणा
‘टेस्ट सिरीज’जितेको खुसिमा बिसिसिआईद्धारा बोनसको घोषणा
युवाको सक्रियतामा पाँच रातको महाकाली नाच सम्पन्न !
युवाको सक्रियतामा पाँच रातको महाकाली नाच सम्पन्न !
सरकारले कुनै कसर बाँकी नराख्ने:प्रधानमन्त्री
सरकारले कुनै कसर बाँकी नराख्ने:प्रधानमन्त्री
वरिष्ठ न्युरोसर्जन डा देवकोटा स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्ज्वलन
वरिष्ठ न्युरोसर्जन डा देवकोटा स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्ज्वलन
कानुनी प्रक्रियालाई राजनीतिक रंग दिने प्रयासमा रास्वपा
कानुनी प्रक्रियालाई राजनीतिक रंग दिने प्रयासमा रास्वपा
सामाजिक सञ्जाल र पत्रपत्रिका तथा अनलाइनहरूमा मेराविरुद्ध क्यापेनिङ नै भयो: वामदेव गौतम
सामाजिक सञ्जाल र पत्रपत्रिका तथा अनलाइनहरूमा मेराविरुद्ध क्यापेनिङ नै भयो: वामदेव गौतम
जस्को मृगौलामा पनि ढुंगा ! बुर्तिवाङका डाक्टरहरुको दिमाग बिग्रिएको हो कि, अल्ट्रासाउण्ड मेसिन ?
जस्को मृगौलामा पनि ढुंगा ! बुर्तिवाङका डाक्टरहरुको दिमाग बिग्रिएको हो कि, अल्ट्रासाउण्ड मेसिन ?
प्रदेशको नाम राख्ने बिषयमा चर्चा,बहस र संबादमा तीब्रता
प्रदेशको नाम राख्ने बिषयमा चर्चा,बहस र संबादमा तीब्रता
फागुन २४ गते सोमवारको राशिफल यस्तो छ
फागुन २४ गते सोमवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?