मसूद अजहर राष्ट्रसंघबाट आतंकवादी घोषित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १९, २०७६
|
|
२० पटक हेरिएको
Shares
मसूद अजहर राष्ट्रसंघबाट आतंकवादी घोषित

सारांश

  • न्युयोर्क ।
  • संयुक्त राष्ट्रसंघले जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरलाई आतंकवादी घोषणा गरेको छ ।
  • गत फेब्रुअरीमा कश्मिरको पुलवामामा ४० जना भारतीय अर्धसैनिक बलका सदस्यको ज्यान जाने गरी भएको हमलाको सो समूहले जिम्मेवारी लिएको थियो ।

न्युयोर्क । संयुक्त राष्ट्रसंघले जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरलाई आतंकवादी घोषणा गरेको छ । गत फेब्रुअरीमा कश्मिरको पुलवामामा ४० जना भारतीय अर्धसैनिक बलका सदस्यको ज्यान जाने गरी भएको हमलाको सो समूहले जिम्मेवारी लिएको थियो ।

चीनले सो समूह बारेको आफ्नो अडान छाडेपछि संयुक्त राष्ट्रसंघले त्यस्तो निर्णय गरेको हो । यसअघि चीनले सो प्रस्तावबारे अध्ययन गर्न थप समय चाहिने भन्दै त्यस्तो प्रस्ताव स्थगित गराउन अनुरोध गरेको थियो ।

भारतले यसलाई आफ्नो कूटनीतिक जितको रूपमा हेरेको छ । यस निर्णयसँगै मसूदको सम्पत्ति रोक्का र यात्रा प्रतिबन्धहरू लाग्नेछन् ।

राष्ट्रसंघका लागि भारतीय राजदूत सैयद अकबरुद्दिनले ट्वीट गर्दै भनेका छन्, ‘ठूला, साना सबै (देश) ले साथ दिएका छन् । संयुक्त राष्ट्रसंघको प्रतिबन्ध सूचीमा मसूद अजहर आतंकवादी घोषित भएका छन् । सबैको सहयोगका लागि हामी कृतज्ञ छौँ ।’

जैश–ए–मोहम्मदको शाब्दिक अर्थ मोहम्मदको सेना हुन्छ । सन् १९९९ मा इन्डियन एअरलाइन्सको विमान अपहरणकर्ताहरूको मागबमोजिम यात्रुहरूलाई सकुशल छाडिदिने शर्तमा भारतले रिहा गरिदिएको मसूद अजहरले नै सो समूहको गठन गरेका हुन् ।

त्यतिखेर सो विमानलाई काठमाडौंबाट अपहरण गरेर तालिबानशासित अफगानिस्तान पुर्याइएको थियो । सो देशमा रहँदा अजहरले भूतपूर्व तालिबान नेता मुल्लाह ओमार तथा अल कायदाका नेता ओसामा बिन लादेनसँग भेटेको बताइन्छ ।

दिल्लीस्थित भारतको केन्द्रीय संसद्मा सन् २००१ को डिसेम्बरमा आक्रमण गरेको दोष भारतले जैश–ए–मोहम्मदमाथि लगाएको छ । सो घटनालगत्तै पाकिस्तानले औपचारिक रूपमा सो समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?