धौलागिरि अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०८०
|
|
२४ पटक हेरिएको
Shares
धौलागिरि अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा

सारांश

  • बलेवा (बागलुङ)।
  • धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ।
  • बडादशैंका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका वडा नं.

बलेवा (बागलुङ)। धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ। बडादशैंका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका वडा नं. ३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिएकी हुन्।

उक्त बच्चाको तौल चार केजी सात सय ५० ग्राम रहेको अस्पतालले जनाएको छ। अस्पतालको प्रसूति वार्डमा बिहीबार सामान्यरूपमा उनले छोरा जन्माएको अस्पतालका नर्सिङ इञ्चार्ज देवी भट्टराईले बताइन्। यो छन्त्यालको चौथो सन्तान हो।

पेटमा रहेको बच्चा ठूलो देखिएकाले अस्पतालबाट पोखरा जान सल्लाह दिइएको थियो तर विगतका सन्तान पनि सामान्यरूपमै जन्मिएकाले आफूलाई यसपटक पनि सामान्यरूपमै बच्चा जन्मिन्छ भन्ने लागेर यहीँ भर्ना भएको सुत्केरी छन्त्याल तामाङले बताइन्।

दशैंका बेलामा पोखरा जान पनि गाह्रो थियो नजिकको अस्पतालमै बच्चा जन्माउने विचार गरेर यहाँ सम्बन्धित चिकित्सक नहुँदा पनि अस्पतालमा भएको जनशक्तिको सहयोगमा राम्रौसँग बच्चा जन्मिएको उनको पति नेत्रबहादुर छन्त्यालले बताए।

उक्त अस्पतालमा प्रसूतिका लागि एक दिनमा झण्डै एक दर्जन महिला आउने गर्छन्। यसभन्दा अघि अस्पतालमा बढीमा चार किलो ५०० ग्रामसम्मको बच्चाको जन्म भएकामा अहिले चार किलो सात सय ५० ग्रामको बच्चाको जन्म भएको हो।
यसभन्दा अघि अस्पतालमा बढीमा चार किलो ५०० ग्रामसम्मको बच्चाको जन्म भएकामा अहिले चार किलो सात सय ५० ग्रामको बच्चाको जन्म भएको हो। यसअघि ठूलो तौलको बच्चा जन्माउन नसक्दा शल्यक्रिया गर्नुपरेको थियो। अहिले ती बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन
दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन
नीतिगत फड्को मार्दै यथार्थपरक बजेट ल्याउनु अहिलेको आवश्यकता : अर्थमन्त्री पौडेल
नीतिगत फड्को मार्दै यथार्थपरक बजेट ल्याउनु अहिलेको आवश्यकता : अर्थमन्त्री पौडेल
स्पेनिस समलिङ्गी जोडीले जन्माए बच्चा, सिंगो युरोपमा पहिलो घटना
स्पेनिस समलिङ्गी जोडीले जन्माए बच्चा, सिंगो युरोपमा पहिलो घटना
केपी शर्मा ओलीले प्राप्त गरे दुई तिहाई विश्वासको मत, डा. बाबुराम अनुपस्थित
केपी शर्मा ओलीले प्राप्त गरे दुई तिहाई विश्वासको मत, डा. बाबुराम अनुपस्थित
राष्ट्रिय ख्रीष्टियन महासंघको राष्ट्रिय भेला शुरु
राष्ट्रिय ख्रीष्टियन महासंघको राष्ट्रिय भेला शुरु
नौ मन्त्री नौला, अरू पुरानै अनुहार
नौ मन्त्री नौला, अरू पुरानै अनुहार
हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन
हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन
लघुवित्त संस्था बाहेकले लघुवित्त कारोबार गर्न नपाउने व्यवस्था सिफारिस
लघुवित्त संस्था बाहेकले लघुवित्त कारोबार गर्न नपाउने व्यवस्था सिफारिस
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सरकारले चालेका हरेक कदममा साथ दिने देउवाको विश्वास
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सरकारले चालेका हरेक कदममा साथ दिने देउवाको विश्वास
यी हुन अम्बिर गुरुङले ओखलढुंगामा गरेका काम, गुरुङ भन्छन- ‘अधुराकाम पुरा गर्नु छ’
यी हुन अम्बिर गुरुङले ओखलढुंगामा गरेका काम, गुरुङ भन्छन- ‘अधुराकाम पुरा गर्नु छ’

तपाईंले छुटाउनुभयो कि?