नक्कली छोरा बनाई नागरिकता बनाउन खोज्ने पक्राउ
सारांश
- रामेछाप, १४ माघ ।
- खाँडादेवी गाउँपालिका– १का विनोद माझीले नक्कली छोरा बनाई नागरिकताको सिफारिस लिन खोज्दा पक्राउ परेका छन् ।
- माझीले आफ्नो भाइको छोरालाई आफ्नै छोरा बनाई नागरिकताको सिफारिस लिन वडा कार्यालयमा पुगेका थिए ।
रामेछाप, १४ माघ । खाँडादेवी गाउँपालिका– १का विनोद माझीले नक्कली छोरा बनाई नागरिकताको सिफारिस लिन खोज्दा पक्राउ परेका छन् ।
माझीले आफ्नो भाइको छोरालाई आफ्नै छोरा बनाई नागरिकताको सिफारिस लिन वडा कार्यालयमा पुगेका थिए ।
वडा कार्यालयमा पुगेका माझीलाई वडा अध्यक्ष विष्णु श्रेष्ठले शंका लागेर सोधपुछ गर्दा उनले नक्कली नागरिकता बनाउनको खोजेको थाहा पाएपछि प्रहरीलाई खबर गरी जिम्मा लगाउनु भएको हो ।
प्रहरीले सार्वजनिक मुद्धा दर्ता गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक राजेन्द्रकुमार थापाले जानकारी दिनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया