कपाल देखाएको अभियोगमा दुई महिला पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १९, २०७९
|
|
४९ पटक हेरिएको
Shares
कपाल देखाएको अभियोगमा दुई महिला पक्राउ

सारांश

  • तेहरान ।
  • पोशाकसम्बन्धी सरकारले जारी गरेका आदेशको उल्लङ्घन गरी सार्वजनिक रुपमा कपाल देखाएको अभियोगमा दुई जना महिलालाई पक्राउ गरिएको छ ।
  • यहाँको एक पसलमा दही किन्न गएका उनीहरूलाई एक जना पुरूष ग्राहकले हिजाब नलगाएइको भन्दै दहीले बारम्बार आक्रमण गरेका थिए ।

तेहरान । पोशाकसम्बन्धी सरकारले जारी गरेका आदेशको उल्लङ्घन गरी सार्वजनिक रुपमा कपाल देखाएको अभियोगमा दुई जना महिलालाई पक्राउ गरिएको छ । यहाँको एक पसलमा दही किन्न गएका उनीहरूलाई एक जना पुरूष ग्राहकले हिजाब नलगाएइको भन्दै दहीले बारम्बार आक्रमण गरेका थिए ।

सार्वजनिक व्यवस्था बिगारेको आरोपमा ती आक्रमणकारीलाई पनि पक्राउ गरिएको न्यायपालिकाको मिजान समाचार समितिले जनाएको छ । इरानको न्यायपालिकाले ती महिलालाई कपाल देखाएको आरोपमा हिरासतमा लिइएको बताएको छ । इरानमा महिलाले टाउको नढाक्नु गैरकानूनी मानिन्छ ।

यसअघि हिजाब अनिवार्य लगाउनुपर्ने कानुनी व्यवस्था अन्त्य हुनुपर्ने माग गर्दै देशमा महिनौँदेखि विरोधप्रदर्शन भइरेहका छन् । सार्वजनिक रूपमा हिजाब नलगाउनु इरानमा महिलाहरूका लागि गैरकानूनी भए पनि ठूला शहरहरूमा धेरैले हिजाब लगाउँदैनन् । कानुनप्रतिको क्रोध र निराशाले इरानी समाजमा असन्तुष्टि बढाएको छ ।

तेहरानको धार्मिक प्रहरीले नियमअनुसार हिजाब नलगाएको आरोपमा गत सेप्टेम्बरमा हिरासतमा लिइएकी २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि देशभर विरोध व्याप्त छ । हजारौँलाई पक्राउ गरिएको छ भने चार जना प्रदर्शनकारीलाई मृत्युदण्ड दिइएको छ ।

इरानी राष्ट्रपति इब्राहिम रायसीले इरानी महिलाहरूले हिजाबलाई धार्मिक आवश्यकताको रूपमा लिनुपर्ने भन्दै त्यसको पालना गर्न निर्देशन दिनुभएको छ । ‘हिजाब कानुनी कुरा भएकाले त्यसको पालना गर्नु अनिवार्य छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

याेग्य प्रधानन्यायधीस छनाेट गर्ने अधिकार संसदिय सुनुवार्इ समितिलाई  छः नेकपा नेता कृष्ण भक्त पाेखरेल
याेग्य प्रधानन्यायधीस छनाेट गर्ने अधिकार संसदिय सुनुवार्इ समितिलाई छः नेकपा नेता कृष्ण भक्त पाेखरेल
हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ: राष्ट्रपति पौडेल
हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ: राष्ट्रपति पौडेल
पुँजीगत खर्च बढाउनु सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री महत
पुँजीगत खर्च बढाउनु सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री महत
यी हुन १० जना राष्ट्रिय युवा प्रतिभा पुरस्कारमा छानिएकाहरु…
यी हुन १० जना राष्ट्रिय युवा प्रतिभा पुरस्कारमा छानिएकाहरु…
प्रदेश नं. ३ : कहाँ कसले जिते ?
प्रदेश नं. ३ : कहाँ कसले जिते ?
कुवेतबाट धमाधम गर्भ बोकेर स्वदेश फर्किँदै
कुवेतबाट धमाधम गर्भ बोकेर स्वदेश फर्किँदै
दोहोरो नागरिकता बनाउने व्यक्ति पक्राउ परेका छन् ।
दोहोरो नागरिकता बनाउने व्यक्ति पक्राउ परेका छन् ।
सन्दिपको आइपिएल डेब्यू, १ विकेट २५ रन  !
सन्दिपको आइपिएल डेब्यू, १ विकेट २५ रन !
उदयपुरमा कांग्रेसका नारायण खड्काको ह्याट्रिक, एमालेकी मन्जु ५४८ मतान्तरले पराजित
उदयपुरमा कांग्रेसका नारायण खड्काको ह्याट्रिक, एमालेकी मन्जु ५४८ मतान्तरले पराजित
आम्दा अस्पतालको चिकित्सकमा कोरोना पोजेटिभ, अस्पताल सिल
आम्दा अस्पतालको चिकित्सकमा कोरोना पोजेटिभ, अस्पताल सिल