त्रिदेशीय मोटर र्याली भुटानको फुन्सुलिङ्ग हुदै दार्जलिङ्ग प्रस्थान (हेरौँ ५ तस्वीरमा)
सारांश
- भुटान, १५ फागुन ।
- नेपाल, भारत र भुटानमा पर्यटन प्रर्वद्धन, सुरक्षित यात्रा र तीन देशका व्यवसायीहरु विचको सम्बन्धन विस्तार गर्ने उद्देश्य सहित भारतको सिलगुडीबाट छौठौँ संस्करणको हिमालयन ड्राईभ ६ त्रिदेशीय मोटर र्याली भुटानबाट फर्किएको छ ।
- भुटानको फुन्सुलिङ्ग सोमबार आईपुगेको टोली मंगलबार विहान पुन फुन्सुलिङ्गबाट दार्जलिङ्गतर्फ लागेको छ ।
भुटान, १५ फागुन । नेपाल, भारत र भुटानमा पर्यटन प्रर्वद्धन, सुरक्षित यात्रा र तीन देशका व्यवसायीहरु विचको सम्बन्धन विस्तार गर्ने उद्देश्य सहित भारतको सिलगुडीबाट छौठौँ संस्करणको हिमालयन ड्राईभ ६ त्रिदेशीय मोटर र्याली भुटानबाट फर्किएको छ । भुटानको फुन्सुलिङ्ग सोमबार आईपुगेको टोली मंगलबार विहान पुन फुन्सुलिङ्गबाट दार्जलिङ्गतर्फ लागेको छ ।
सिलगुडीबाट सुरु र्याली ५ दिन यात्रा तय गर्दै नेपालको चितवन सौराहा पुगी टोली पुन सिलगुडी हुदै मूर्ती, फुन्सुलिङ्ग हुदै समापनको लागि दार्जलिङ्गतर्फ लागेको हिमालयन ड्राईभ ६ का नेपाल कार्यक्रम संयोजक प्रकाश कपुरीले जानकारी दिए । भारतको सिलगुडी हुदैँ नेपालको चितवन सौराहा हुदै फेरि भारत हुदै भुटानको फुङ्गोचोलङ्गिबाट दार्जलिङ्गसम्म गरि साढे १६ सय किलोमिटर दुरी पार गर्ने नेपाल कार्यक्रम संयोजक प्रकाश कपुरीले जानकारी दिए ।
समय, गति, दुरीलाई ध्यानमा राखि प्रतियोगिको उत्कृष्ट तीनको छनोट गरिने आयोजक जस्ट स्पोर्टस् क्लबका कार्यक्रम संयोजक तमाल गोसालले जानकारी दिए । र्याली नेपालका ७ टिम सहित भारत र भुटानका गरि ४२ वटा कार सहभागी भएका छन् । जस मध्ये ५ वटा कार चितवनमा सहभागी भएका रहेका छन् । ६ दिनसम्म चल्ने अन्र्तराष्ट्रिय स्तरको मोटर र्याली पहिलो पटक चितवनको सौराहासम्म चितवन अटोमोबाईल डिलर्स एसोशिएसनको पहलमा पुराइएको थियो । टोलीमा नेपालबाट कार्यक्रम संयोजक प्रकाश कपुरीसहित, नेपाल अटोमोबाईल एसोशिएसन (नासा) प्रदेश नम्बर १ का संयोजक कविन श्रेष्ठ सहित चितवनबाट कार्यक्रम संयोजक पियासहित उद्योग बाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, संघका कार्यसमिति सदस्यहरु राजेन्द्र ओली, सिद्धार्थलाल चुके, एसोसिएसनका कोषाध्यक्ष बिमल कुमार पौडेल, राजेन्द्र गैर, रविन कुमार श्रेष्ठ, अमित सिलवाल, भिमसेन श्रेष्ठ, अमृत श्रेष्ठ, प्रशान्तकुमार पिया, सरोज अर्यालसहित पत्रकारहरु सहभागी छन् ।
ड्राईभ पर्यटन, सडक सुरक्षा तथा जनता–जनताबीचको सम्बन्धको उद्देश्यले ¥याली आयोजना गरिएको बताउँदै आयोजकले र्याली मोटरिङ्गको अन्र्तराष्ट्रिय महासंघ फेडेरेसन इन्टरनेशनल डे अटोमोबाईलको मान्यता प्राप्त नेपालको एकमात्र इभेन्ट हो । नेपाली खेल पर्यटनमा मात्रै नभई व्यवसायिक विकाससगैँ त्रिदेशीय पर्यटन विकासका लागि कार्यक्रम सफल भएको चितवन अटोमोबाईल डिलर्स एसोशिएसनका कोषाध्यक्ष विमल पौेडेलले जानकारी दिए । प्रतिस्पर्धामा पहिलो हुनेले एक लाख भारतीय रुपैयाँ, दोस्रो हुनेले ७५ हजार भारतीय रुपैयाँ र तेस्रो हुनेले ५० हजार भारतीय रुपैयाँ नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त भोली भारतको दार्जलिङ्गमा एक भव्य समारोहका विच वितरण गरिने छ ।


प्रतिक्रिया