नक्सा पाससमेत नभएको भ्यू-टावर उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने
सारांश
- काठमाडौं।
- दमकमा बहुपयोगी १८ तले भवन (भ्यू-टावर) निर्माण भएको छ।
- दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार उद्घाटन गर्ने कार्यक्रम छ।
काठमाडौं। दमकमा बहुपयोगी १८ तले भवन (भ्यू-टावर) निर्माण भएको छ। दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार उद्घाटन गर्ने कार्यक्रम छ।
‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उनले बताए । प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए।
तर, उक्त १८ तले भवनको नक्सा पास नरहेको बताइएको छ। ‘नक्सा पास भएको छैन। पक्रियामा छ,’ नगरपालिकामा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने । आवश्यक कागजातको अभावमा नक्सा पास दिन नसकिएको बताइएको छ।
यसैबीच, प्रधानमन्त्री ओलीले मेचीनगर – ४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको भोलि नै उद्घाटन गर्ने कार्यक्रम छ । उनका साथ प्रथम महिला राधिका शाक्य पनि भवन उद्घाटन कार्यक्रममा सहभागी हुने नगरप्रमुख गोपाल बुढाथोकीले बताए ।
binance h”anvisning
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://accounts.binance.com/register/person?ref=JW3W4Y3A