बैशाख २२ गते सोमबारको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २२, २०७७
|
|
३१ पटक हेरिएको
Shares
बैशाख २२ गते सोमबारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।
  • एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
  • साँझपख शुभ समाचार आउन सक्छ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आउन सक्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मनमा निरासा र शरीरमा आलस्य आउला । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । पारिवारिक जमघट र सद्भाव हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजनापनि बन्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) भाग्यले साथ दिए पनि मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । प्रेमप्रसङ्गमा नरमाइलोपन आउन सक्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । प्रविधि मार्फत काम अघि बढ्न सक्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । मानसम्मान प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज बौद्धिकताको विकास हुने र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ । यात्राबाट टाढै रहनु राम्रो ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?