पानीजहाजबाट उद्धार गरिएका ४० अमेरिकी नागरिक कोरोना भाइरसबाट सङ्क्रमित

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ५, २०७६
|
|
२९ पटक हेरिएको
Shares
पानीजहाजबाट उद्धार गरिएका ४० अमेरिकी नागरिक कोरोना भाइरसबाट सङ्क्रमित

सारांश

  • बीबीसी ।
  • जापानमा क्वारन्टीनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखिएको एक अमेरिकी अधिकारीले बताएका छन्।
  • उनीहरू जापानमा उद्धार गरिएका चार सय अमेरिकी नागरिकमध्येका हुन्।

बीबीसी । जापानमा क्वारन्टीनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखिएको एक अमेरिकी अधिकारीले बताएका छन्। उनीहरू जापानमा उद्धार गरिएका चार सय अमेरिकी नागरिकमध्येका हुन्।

उद्धार गरिएकामध्ये अधिकांश व्यक्तिहरू दुईवटा अमेरिकी हवाईजहाजमार्फत्‌ स्वदेश फर्किरहेका छन्। तर सङ्क्रमित व्यक्तिहरूलाई चाहिँ उपचारका लागि जापानकै अस्पतालहरूमा भर्ना गरिनेछ।

असुरक्षित

करिब ३,७०० यात्री तथा चालक दलका सदस्यसहित डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजलाई फेब्रुअरी ३ तारिखदेखि जापानको योकोहामा बन्दरगाहमा क्वारन्टीनमा राखिएको छ।

उक्त पानीजहाजबाट हङ्‌कङमा ओर्लेका एक व्यक्ति नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएपछि पानीजहाजलाई क्वारन्टीनमा राखिएको हो।चीनबाहिर नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुने यो सबैभन्दा ठूलो समूह हो।

जापानी अधिकारीहरूले आइतवार बताएअनुसार पानीजहाजमा नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या ७० बाट ३५५ पुगेको छ।एक अमेरिकी यात्रीले क्वारन्टीनका प्रयासहरू विफल भएको बताउँदै आफूले पानीजहाजमा सुरक्षित महसुस नगरेको बीबीसीलाई बताइन्।

सङ्क्रमित ४० जना अमेरिकी नागरिकको जापानमै उपचार गरिने संयुक्त राज्य अमेरिकाको न्याश्नल इन्स्टिट्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिजेजका निर्देशक डा. एन्थोनी फाउसीले सीबीएस टेलिभिजनलाई बताए।

“यदि उडानमै रहेका बेला सङ्क्रमणका लक्षण देखिए भने त्यस्ता व्यक्तिहरूलाई अलग राखिने छ”, उनले थपे। उद्धार गरेर अमेरिका लगिने व्यक्तिहरूलाई चाहिँ १४ दिनसम्म क्वारन्टीनमा राखिनेछ। ”

त्यसो गर्नुको कारण क्रूज पानीजहाजमा उनीहरू बसेको भनेको सङ्क्रमण फैलने ठाउँमा भए सरह नै हो”, फाउसीले भने। अन्य उडानहरूमार्फत्‌ इजरेल, हङ्कङ र क्यानडाका नागरिकहरूको उद्धार गरिने छ।

कडाइ
यसैबीच, नयाँ कोरोनाभाइरसको केन्द्रबिन्दु चीनको हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइको घोषणा गरिएको छ। त्यहाँका मानिसहरूलाई घरभित्रै रहन भनिए पनि आपत्‌कालीन अवस्थामा चाहिँ निस्कन दिइनेछ।

त्यसका साथै खाद्यान्न तथा अन्य सामान खरिद गर्न दिनका निम्ति प्रत्येक घरधुरीबाट एक जनालाई हरेक तीन दिनमा बाहिर निस्कन अनुमति दिइनेछ। ‘हाउजिङ्ग’हरूको एउटा प्रवेशद्वारा खुला राखिनेछ।

त्यहाँ बस्ने मानिसहरूले मात्रै आउजाउ गर्ने कुरा सुनिश्चित गर्नका लागि सुरक्षा निगरानी गरिनेछ। औषधि पसल, होटल, खानेकुरा विक्री हुने पसल र चिकित्सकीय सेवा बाहेकका सबै कारोबार बन्द रहने छन्। अत्यावश्यकीय सामान ओसारपसारमा प्रयोग हुने कारहरूलाई चाहिँ गुड्न छुट दिइनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कमरेड मलाई माफ गर !
कमरेड मलाई माफ गर !
देशभरका प्रमुख जिल्ला अधिकारीहरुको व्यापक सरुवा
देशभरका प्रमुख जिल्ला अधिकारीहरुको व्यापक सरुवा
China launches crackdown on illegal cosmetic surgery
China launches crackdown on illegal cosmetic surgery
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा
जानकी मन्दिर भित्र घन्कियो हिन्दु रास्ट्रको नारा मेची महाकाली रास्ट्रिय स्वाभिमान यात्रा
जानकी मन्दिर भित्र घन्कियो हिन्दु रास्ट्रको नारा मेची महाकाली रास्ट्रिय स्वाभिमान यात्रा
भारतमा हिंसा, १ प्रहरीसहित ५ जनाको मृत्यु, १० ठाउँमा कर्फ्यू
भारतमा हिंसा, १ प्रहरीसहित ५ जनाको मृत्यु, १० ठाउँमा कर्फ्यू
संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)
संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)
शत्रु देशका नागरिक थुनामा पर्दा परिवारलाई जानकारी दिनु नपर्ने
शत्रु देशका नागरिक थुनामा पर्दा परिवारलाई जानकारी दिनु नपर्ने
प्रहरीमाथि आक्रमण गरी सर्टगन लुट्ने पक्राउ
प्रहरीमाथि आक्रमण गरी सर्टगन लुट्ने पक्राउ
३३ किलाे सुन प्रकरण: २८ अभियुक्तलाई एकैपटक अदालतमा पेश गरिँदै, गोरे खोइ ?
३३ किलाे सुन प्रकरण: २८ अभियुक्तलाई एकैपटक अदालतमा पेश गरिँदै, गोरे खोइ ?

तपाईंले छुटाउनुभयो कि?