नगरपालिका सङ्घमा ब्याञ्जु, कुन प्रदेशमा कसको नेतृत्व?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
२० पटक हेरिएको
Shares
नगरपालिका सङ्घमा ब्याञ्जु, कुन प्रदेशमा कसको नेतृत्व?

सारांश

  • काठमाडौँ, १५ भदाै ।
  • काठमाडौँमा सम्पन्न नगरपालिका सङ्घको छैटौँ राष्ट्रिय सम्मेलनले धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा ४९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
  •  यही भदौ १२ देखि १४ गतेसम्म भएको सम्मेलनले सर्वसम्मत रुपमा ब्याञ्जुको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको सङ्घका कार्यालय सचिव कलानिधि देवकोटाले जानकारी दिए।

काठमाडौँ, १५ भदाै ।काठमाडौँमा सम्पन्न नगरपालिका सङ्घको छैटौँ राष्ट्रिय सम्मेलनले धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा ४९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। यही भदौ १२ देखि १४ गतेसम्म भएको सम्मेलनले सर्वसम्मत रुपमा ब्याञ्जुको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको सङ्घका कार्यालय सचिव कलानिधि देवकोटाले जानकारी दिए।

सङ्घका उपाध्यक्षमा बेलकोट नगरपालिकाका उपप्रमुख कबिता ढुङ्गाना, महासचिवमा, नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुङ्गाना, उपमहासचिवमा जनकपुर उपमहानगर प्रमुख लालकिशोर साह, कोषाध्यक्षमा तुलसीपुर उपमहानगरका दाङका प्रमुख घनश्याम पाण्डे र सहकोषाध्यक्षमा काठमाडाैं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी निर्वाचित भएकी छिन्। 

सम्मेलनले सातै प्रदेशमा प्रदेश संयोजकसमेत तोकेको छ। प्रदेश नं १ मा इलाम नगरपालिका प्रमुख महेश बस्नेत, प्रदेश नं २ मा परोहा नपा रौतहटका प्रमुख शेख वकिल, प्रदेश नं ३ मा भीमेश्वर नपाका प्रमुख भरत केसी, , गण्डकी प्रदेशमा पालुङटार नपाका प्रमुख दीपकबाबु कँडेल, प्रदेश नं ५ मा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराजा सुवेदी, कर्णाली प्रदेशमा नारायण नपा दैलेखका प्रमुख रत्नबहादुर खड्का र प्रदेश नं ७ मा पाटन नपा दैलेखका प्रमुख केशरबहादुर चन्द रहेका छन्।

सम्मेलनले राप्ती नगरपालिका चितवनका प्रमुख प्रभा बरालको संयोजकत्वमा १४ सदस्यीय महिला विभाग गठन गरेको छ। सम्मेलनमा ६ महानगर, ११ उपमहानगर र २७६ नगरपालिकाका प्रमुख र उपप्रमुख गरी ५४६ जनाको सहभागिता थियो। यसअघि सङ्घको अध्यक्षमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल थिए।

(picklelicious.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?