नेपाली रैथाने मधेशीको हकहित र अधिकारको रक्षाकोलागि लड्ने कोही छ भने के पि ओली नै हुन्-सन्जीव झा ।

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ४, २०७४
|
|
२१२८३ पटक हेरिएको
Shares
नेपाली रैथाने  मधेशीको हकहित र अधिकारको रक्षाकोलागि लड्ने कोही छ भने के पि ओली नै  हुन्-सन्जीव झा  ।

सारांश

  • युबा सँघ नेपाल का केन्द्रिय सचिबालय सदस्य एवम नेकापा एमालेका बहुचर्चित युबा नेता सन्जीव झा सँग दोश्रो चराण को चुनाव तथा मधेशमा नेकपा एमाले को अवस्था र भाबी रणनिती को बिषयमा शिखर न्युजका लागि अमृता खनाल ले गरेको कुराकानीको संक्षिप्त्त अंश।
  • अहिले सम्म को चुनाव को मतगणना को परिणाम् लाई यहाँ ले कसरी लिनुभएको छ ?
  • यो चुनाव राष्ट्रघाती र राष्ट्रबादी बिच को लडाईं हो ।

युबा सँघ नेपाल का केन्द्रिय सचिबालय सदस्य एवम नेकापा एमालेका बहुचर्चित युबा नेता सन्जीव झा सँग दोश्रो चराण को चुनाव तथा मधेशमा नेकपा एमाले को अवस्था र भाबी रणनिती को बिषयमा शिखर न्युजका लागि अमृता खनाल ले गरेको कुराकानीको संक्षिप्त्त अंश।

  • अहिले सम्म को चुनाव को मतगणना को परिणाम् लाई यहाँ ले कसरी लिनुभएको छ ?

यो चुनाव राष्ट्रघाती र राष्ट्रबादी बिच को लडाईं हो । स्थानिय तहले आँफै मा जनता को सिङ्गदरवार जनता कै गाउँ मा संस्थागत गर्ने संबिधान को महत्वपूर्ण उपलब्धी हो भने अर्का तिर जनमत राष्ट्रघाती को बिरुद्ध जनता को अभिमत हो । बेलै मा राष्ट्रहित बिरुद्ध निर्णय गर्ने दल हरु सचेत भएनन् भने ति दल हरु निर्वाचन आयोग को दर्ता किताब मै मात्र सिमित रहनेछन्  ।

  • दलहरु को चूनाबि तालमेल गर्ने प्रब्रिद्धी  प्रती तपाईं के भन्नुहुन्छ ?

नेपाली जनताले चुनाव भन्दा पहिलेका तालमेल स्विकार नगरेकै अवस्था हो । दलिय राजनीतिमा चूनाबि तालमेल हुनु अस्वभाबिक पनि होइन तर नेपाली जनता तालमेल लाई बर्गिकरण गर्दै मुल्याङ्कन गर्छ भन्ने कुरा यो चुनावको जनमत हेर्दा प्रस्ट हुन्छ । ने. क. पा. एमाले र रा. प्र. पा. सँग राष्ट्रिय हित को मुद्धा लाई केन्द्रबिन्दुमा राखेर मात्र चूनाबि तालमेल गरेको हो । बाँकी रा. प्र. पा. का हिन्दू राष्ट्र राज्संस्था जस्ता एजेन्डा सँग एमाले को टाढा टाढा सम्म कुनै सरोकार छैन । अब हुने तालमेल जनता को इच्छा   बुझेर मात्र गर्नुपर्छ जस्तो मलाई लाग्छ ।

  • नेपाली  कांग्रेस र मावोबादी केन्द्रको तालमेल लाई कसरी हेर्नुहुन्छ ?

खेत रोपाइ गर्न जाँदा हलोको जुवाँ मा एकातिर भैंसी र अर्को तिर गोरु राखेर खेत जोत्नु जस्तै हो । विश्व राजनीतिमा जहाँ पनि कांग्रेस र कम्युनिस्ट बिचकै लडाईं हुन्छ तर नेपाल मा यो अचम्म को प्रयोग  भएको छ । जहाँ कांग्रेस र कम्युनिस्ट को चूनाबि तालमेल भएको छ । प्रधान मन्त्री प्रचण्ड  जिउ कांग्रेस लाई मतदान गर्ने ईतिहास कै पहिलो कम्युनिस्ट प्रधानमन्त्री  हुनुभयो । कांग्रेस लाई मतदान गरेर प्रचन्डले पाटी प्रती को धर्म र कम्युनिस्ट को जात दुबै गुमाउनु भयो  ।

  • दोश्रो चरणमा मधेश मा चुनाव हुन्छ कि हुँदैन ?

सरकार द्वारा कुनै बेइमानी भएन भने एकदम उत्शाहका साथ सबै दलको सहभागीतामा उत्शाह र उल्लास पूर्वक मधेशमा चुनाव हुन्छ । कदम कदाचित कुनै दलले चुनावमा भाग लिएन भने शरीर रहिरहने र शरीर बाट हड्डी  को ढाचा  गायब हुने अर्थात सो दलका नेता मात्र रहिरहने छन्  कार्यकर्ता पलायन हुनेछन्।

  • तपाईं को पार्टी  ने. . पा. एमालेलाई मधेश बिरोधि भन्छन् यो अवस्थामा चूनाबि पारीणाम कस्तो अपेक्ष्या गर्नुहुन्छ ?

ने. क. पा. एमाले मधेश मै जन्मेर हुर्किएको राष्ट्रिय पार्टी हो ।   काग कराउदै मा पिना सुक्दैन भनेजस्तै, जुन दलको आफ्नो अस्तित्व रक्षाको लागि दर्जनौ दल मिलेर एउटा दल बनाउनु पर्ने अवस्था छ, त्यस्ले एमाले जस्तो संगठित् राष्ट्रिय पार्टीको बिषयमा बोल्नु बाहुनको टुप्पी समातेर नदी पार गर्नु जस्तै हो ।

प्रजातान्त्रिक नेपाल र गणतान्त्रिक नेपालको ईतिहासमा नेपालमा आजसम्म मधेश केन्द्रित बिकासका बजेट सबैभन्दा बढी कसैले दिएका  छन् भने त्यो तत्कालिन के. पि. ओली प्रधानमन्त्री भएको सरकार हो । यो कुरा चुनाव मा हामी गाउँ /गाउँ वडा/ वडा सम्म पुर्याउने छौं । वास्तव मा नेपाली रैथाने  मधेशी को हकहित र अधिकारको रक्षाकोलागि लड्ने कोही छ भने त्यो ने. क. पा. एमाले र यो पार्टीको अध्यक्ष राजनेता के. पि. ओलीनै छन् र यस्का लागि मधेशको चुनावमा हामीलाई अपेक्षा छ कि पार्टीले बाँकी प्रदेश शहित श्रद्ध्यय अध्यक्ष के. पि. ओलीज्यु को कमान्ड मा मधेश मा पनि एतिहासिक बिजय प्राप्त गर्ने छौं ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अाफु लडेकाे चुनाव रद्द गर्न माग गर्दै राष्ट्रपति अदालतमा
अाफु लडेकाे चुनाव रद्द गर्न माग गर्दै राष्ट्रपति अदालतमा
Mostbet Uzbekistan Официальный Сайт Спортивных Ставок И Онлайн-казино Uz 202
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
अस्ट्रेलियामा ज्यालावृद्धिको माग गर्दै दशौं हजारको जुलुस
अस्ट्रेलियामा ज्यालावृद्धिको माग गर्दै दशौं हजारको जुलुस
उदयपुरमा एकै परिवारका तीन जनाको हत्या
उदयपुरमा एकै परिवारका तीन जनाको हत्या
आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरीको छलाङ, पुगे दोस्रो स्थानमा
आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरीको छलाङ, पुगे दोस्रो स्थानमा
सुन काण्डका नाइके ‘गोरे’लाई डिआइजी निरौलाले यसरी भगाए
नदिले कक्षाकाेठा बगाएपछि विद्यालयकाे पठनपाठन प्रभावित !
नदिले कक्षाकाेठा बगाएपछि विद्यालयकाे पठनपाठन प्रभावित !
आध्यात्मिक ज्ञानलाई विज्ञानसँग जोड्नु पर्छ: उपराष्ट्रपति
आध्यात्मिक ज्ञानलाई विज्ञानसँग जोड्नु पर्छ: उपराष्ट्रपति
साउदीमा जेल परेका राईलाई रु ३० लाख आर्थिक सहयोग
साउदीमा जेल परेका राईलाई रु ३० लाख आर्थिक सहयोग

तपाईंले छुटाउनुभयो कि?