दोलखामा माओवादीका कार्कीलाई पछि पार्दै एमालेका शिवाकोटीको अग्रता
सारांश
- दोलखा।
- दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीलाई पछि पार्दै नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन्।
- सत्ता गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका कार्कीलाई करिब १५ सय मतले पछि पार्दै शिवाकोटीले अग्रता लिएका हुन्।
दोलखा। दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीलाई पछि पार्दै नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन्।
सत्ता गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका कार्कीलाई करिब १५ सय मतले पछि पार्दै शिवाकोटीले अग्रता लिएका हुन्। हालसम्मको मतगणनामा एमालेका शिवाकोटीले १६ हजार २१४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका कार्कीले १४ हजार ७१५ मत प्राप्त गरेका छन्।
दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए। कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने राजनीतिक दलका १४ र स्वतन्त्र उम्मेदवार सात गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया