कांग्रेस नेता पौडेललाई मतगणनाका मुचुल्का र मतपत्र झिकाउन सर्वोच्चको आदेश
सारांश
- काठमाडौँ, पुस १९ ।
- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले मतगणनाका क्रममा प्रयोग भएका सबै मुचुल्का, मतपत्रलगायतका कागजात झिकाउन आदेश दिएको छ ।
- प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले बुधबार प्रदेश (क) मा निर्वाचनका समयमा प्रयोग भएका मुलुल्का र मतपत्र झिकाउने आदेश दिएको हो ।
काठमाडौँ, पुस १९ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले मतगणनाका क्रममा प्रयोग भएका सबै मुचुल्का, मतपत्रलगायतका कागजात झिकाउन आदेश दिएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले बुधबार प्रदेश (क) मा निर्वाचनका समयमा प्रयोग भएका मुलुल्का र मतपत्र झिकाउने आदेश दिएको हो ।
यसअघि पुस ७ गतेको सुनुवाइमा आजको संवैधानिक इजलासले निर्वाचन आयोग र उम्मेदवार दुवैलाई छलफलका लागि बोलाएको थियो ।
नेता पौडेलले तनहुँमा मतगणनाका क्रममा धाँधली भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । उक्त प्रदेशमा पौडेलका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार तथा बिनाविभागीय मन्त्री आशा कोइराला पाँच मतको अन्तरले विजयी भएकी थिइन् ।
प्रतिक्रिया