झुठो समाचार लेखेको भन्दै सम्पादक पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १२, २०७५
|
|
२९ पटक हेरिएको
Shares
झुठो समाचार लेखेको भन्दै सम्पादक पक्राउ

सारांश

  • काठमाडौं ।
  • लेखिएको समाचार झुठो भएको भन्दै पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।
  • झुठो समाचार लेखिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले सम्पादक चन्दलाई मनमैजुबाट पक्राउ गरेको हो ।

काठमाडौं । लेखिएको समाचार झुठो भएको भन्दै पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई प्रहरीले पक्राउ गरेको छ । झुठो समाचार लेखिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले सम्पादक चन्दलाई मनमैजुबाट पक्राउ गरेको हो ।

मंसिर ८ गते नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल गृह जिल्ला चितवन गएका थिए । उनी चितवन रहेको बेला त्यस अनलाईनले दाहालमाथि स्थानीयले खुकुरी प्रहारको प्रयास भन्ने शीर्षकमा समाचार राखेको थियो ।

समाचार झुठो लेखिएको भन्दै उनलाई पक्राउ गरिएको बताइएको छ । चन्दविरुद्ध कुनै उजुरी भने परेको थिएन । महाशाखाको नियमित मोनिटरिङ गरेर समाचार भ्रमपूर्ण भएको प्रमाणका आधारमा पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?