नपुंसक व्यक्ति तीन सन्तानका बुवा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
नपुंसक व्यक्ति तीन सन्तानका बुवा

सारांश

  • बीबीसी।
  • यो वास्तविकता बेलायतका एक व्यक्तिको हो, जो एक सफल व्यावसायी छन्।
  • उनी तीन सन्तानका पिता हुन्, ती मध्ये दुई जुम्ल्याहा छोराको उमेर १९ र जेठा छोरा २३ वर्षका भए।
बीबीसी। यो वास्तविकता बेलायतका एक व्यक्तिको हो, जो एक सफल व्यावसायी छन्। उनी तीन सन्तानका पिता हुन्, ती मध्ये दुई जुम्ल्याहा छोराको उमेर १९ र जेठा छोरा २३ वर्षका भए।
तर २०१६ मा एउटा उपचकारका क्रममा  उनले यस्तो बिमारीबाट ग्रसित भएको थाहा पाए जसका कारण उनी कहिल्यै बुवा बन्न सक्दैनन्।
यो सुनेर तपाइँलाई अचम्म लाग्न सक्छ।
२०१६ मा जब रिचर्ड म्यासनलाई यो रोगका विषयमा थाहा भयो, उनी निकै चिन्तित भए। त्यसपछि उनल डाक्टरलाई एक पटक फेरि जाँच गर्न भने।
उक्त टेस्ट रिपोर्टको नजिताले रिचर्डको जीवनलाई परिवर्र्तन गरिदियो। उनले आफ्नी पत्नी विरुद्ध मुद्दा दायर गरे, अदालतले उनकी पत्नीलाई साढे दुई लाख पाउण्ड दिन आदेश दिएको छ। तर यो कानुनी विषयमा रिर्चर्डकी पत्नीलाई आफ्ना तीन सन्तानका  वास्तविक बुवाको पहिचानलाई गोप्य राख्ने अनुमति पनि दिइएको छ। तर म्यासनलाई यो कुरा थाहा पाएर कति दुख भयो होला पढ्नुस् उनकै शब्दमा।
जब मैले आफ्नो टेस्ट रिपोर्टमा लेखिएको कुरा बढेँ तब मलाइ यस्तो लाग्यो की मैले टेकेका भुँई नै भासियो। कुनै पनि पुरुष यो रोग (सिस्टिक फिब्रोसिस) बाट पीडित हुन्छ,उन कहिल्यै बुवा बन्न सक्दैन।  जब मलाइ यो विषयमा थाहा भयो तब मेरो मुखबाट निस्कियो–हे भगवान, म तीन सन्तानको बुवा हुँ। तपाइँले गर्ने चेकअपमा केही समस्या भयो होला।’ त्यसको  जवाफमा डाक्टरले भने–हाम्रो जाँच ठिक छ, तपाइँ यो रोगबाट ग्रसित हुनुहुनछ।’
थोरे शब्दमा भन्ने  हो भने यो विषयमा मैले आफ्नी पत्नीसँग यो विषयमा कुरा गर्नु थियो। लामो समयसम्म मेरो कानमा डाक्तरले भनेका शब्द गुन्जिरहे। यो कुराले मलाई निकै ठूलो धक्का लाग्यो। मलाइ आफूमाथि के भइरहेको छ भनेर बुझ्न सकेको थिएन।
मेरो दिमागमा एउटै कुरामात्रै चलिरहेको थियो, आखिर यी तीन बच्चाका बुवा के हुन्? यस्ता कुराको सामना गरेपछि तपाइँको कुनै पनि चीनमाथि विश्वास रहँदैन। 
तर मेरो दिमागमा यी बच्चाको बुवा को हुन् र उनीसँग कसरी भेट्ने भन्ने कुराले सताइरहेको थियो। मलाइ कतै मेरै नजिकका साथी यी बच्चाको बुवा त होइनन् वा पक्कैपनि मेरो नजिकको साथी कै काम हुनुपर्छ भन्ने लाग्यो।
म के जान्न चाहन्थे भने जब म आफ्ना बच्चासँग फुटबल वा रग्बी खेल्दा ती बच्चाको असली बुवा त्यहाँ उपस्थिति हुन्थ्यो होला?  के त्यो व्यक्ति कहिल्यै मेरो बच्चाको प्यारेन्ट्स टिचर मिटिङमा उपस्थित हुन्थ्यो होला? मलाइ वास्तवमा थाहा छैन त्यो व्यक्ति को हो?
तपाइँलाई थाहा छ, जब तपाइको जीवनमा यस्तो रहस्य पैदा हुन्छ, तब यसले तपाइँको जीवनलाई निकै प्रभावित पार्छ। बीबीसीले यो विषयमा उनकी श्रीमतीसँग पनि कुरा गर्न खोजेको छ, तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?