हजुरआमाले नाति र नातिनी बुहारीलाई जेल पठाउँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २७, २०७५
|
|
१५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नी हजुरआमालाई कुटपिट गरी खान लाउन नदिएर घर निकाला गर्ने नाति र नातिनी बुहारीलाई कैद, जरिवाना सुनाएको छ ।
  • जिल्ला न्यायाधीश टीकाराम आचार्यको इजलासले चौतारा साँगाचोक गढी बस्ने ३० वर्षीय विक्रम र ३५ वर्षीय विष्णुलाई कैद र जरिवाना सुनाएको हो ।

काठमाडौं । जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नी हजुरआमालाई कुटपिट गरी खान लाउन नदिएर घर निकाला गर्ने नाति र नातिनी बुहारीलाई कैद, जरिवाना सुनाएको छ ।

जिल्ला न्यायाधीश टीकाराम आचार्यको इजलासले चौतारा साँगाचोक गढी बस्ने ३० वर्षीय विक्रम र ३५ वर्षीय विष्णुलाई कैद र जरिवाना सुनाएको हो । हजुरआमा राधाकुमारी गिरीलाई हात भाँचिनेगरी कुटेर घरबाट निकालेपछि मुद्दा हालेकी थिइन ।

गिरीलाई घरेलु हिंसा मुद्दामा जनही २ महिना कैद र २० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो । । अदालतको फैसला अनुसार नाति र नातिनीबुहारी २ महिना जेल जानुपर्नेछ ।

पीडित हजुरआमालाई ५० हजार रुपैयाँ क्षतिपूर्ति गराउन समेत फैसला गरिएको छ । ७८ वर्षीया हजुरआमाले आफूलाई कुटपिट गरेको भनी मुद्दा दर्ता गरेकी थिइन । तर नातिनातिना अदालतले म्याद पठाउँदा प्रतिउत्तर दिन नआएपछि अदालतले फैसला गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?