नेपाल प्रहरीको जनपद प्रहरी समूहका डिआइजी र एसएसपीको सरुवा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १, २०७९
|
|
३२ पटक हेरिएको
Shares
नेपाल प्रहरीको जनपद प्रहरी समूहका डिआइजी र एसएसपीको सरुवा

सारांश

  • काठमाडौँ ।
  • नेपाल प्रहरीको जनपद प्रहरी समूहका प्रहरी नायव महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।
  • यही पुस २९ गतेको गृहमन्त्री स्तरीय निर्णयबाट १७ डिआइजी र २७ जना एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौँ । नेपाल प्रहरीको जनपद प्रहरी समूहका प्रहरी नायव महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । यही पुस २९ गतेको गृहमन्त्री स्तरीय निर्णयबाट १७ डिआइजी र २७ जना एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्राप्त जानकारीअनुसार नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ पठाइएको छ । उहाँको स्थान प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा कणाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट पोषराज पोखरेललाई ल्याइएको छ ।

विशेष ब्युरो नक्सालमा रहनुभएका अशोक सिंहलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा सरुवा गरिएको छ । यस्तै प्रहरी प्रधान कार्यालयमा रहनुभएका वसन्तबहादुर कुँवरलाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयमा रहनुभएका दीपक थापालाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा पठाइएको छ भने उहाँको स्थानमा बागमती प्रदेश प्रहरी कार्यालयबाट किरण बज्राचार्यलाई ल्याइएको छ । प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयबाट भीमप्रसाद ढकाललाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा पठाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट डिआइजी दुर्गा सिंहलाई प्रदेश समन्वय विभाग नक्सालमा ल्याइएकामा हाल प्रहरी शिक्षालय भरतपुर चितवनमा काज सरुवा गरिएको छ ।

एसएसपी सरुवा
​​​​​​​शुक्रवार नै गृहमन्त्री स्तरीय निर्णयअनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयबाट एसएसपी दानबहादुर कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ । परिसरका प्रमुख भरतबहादुर कार्कीलाई प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा खटाइएको छ ।

प्रहरी प्रधान कार्यकालमा रहनुभएका डा मनोजकुमार केसीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइएको छ । उक्त कार्यालयका प्रमुख जनक भट्टराईलाई भने प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ ।

प्रहरी प्रधान कार्यालयबाट सुशीलसिंह राठौरलाई कर्णाली प्रदेश तालिम केन्द्रमा पठाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा नेपाल प्रहरी प्रदेश कार्यालय बनेपाका लालमणि आचार्यलाई ल्याइएको छ ।

प्रहरी प्रधान कार्यालयबाट जीवनकुमार श्रेष्ठलाई बबरमहलस्थित मानवबेचविखन अनुसन्धान ब्युरोमा पठाइएको छ भने ब्युरोका अनुरागकुमार द्विवेदीलाई अपराध अनुसन्धान निर्देशनालय नक्सालमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजीनामा दिने छानविन समितिका सदस्य केसी पुनः काममा फर्कने गृहमन्त्री बादलकाे भनाई !
राजीनामा दिने छानविन समितिका सदस्य केसी पुनः काममा फर्कने गृहमन्त्री बादलकाे भनाई !
कांग्रेश जोगाउने संजिबनीको बुटी बनेर किन अाफै सकिन खोज्दैछ , माके ?-दिनेश बास्तब
कांग्रेश जोगाउने संजिबनीको बुटी बनेर किन अाफै सकिन खोज्दैछ , माके ?-दिनेश बास्तब
प्रधानमन्त्री र नवनियुक्त प्रहरी महानरीक्षक अर्यालबीच भेटवार्ता
प्रधानमन्त्री र नवनियुक्त प्रहरी महानरीक्षक अर्यालबीच भेटवार्ता
क्‍वारेन्टाइन बनाइएको होटल भत्किँदा ७० जना थुनिए
क्‍वारेन्टाइन बनाइएको होटल भत्किँदा ७० जना थुनिए
छठको रौनक बढ्यो
छठको रौनक बढ्यो
फिस बढाउँदा विवेकलाई अाएकाे माैका गुम्याे !
फिस बढाउँदा विवेकलाई अाएकाे माैका गुम्याे !
एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ : उपाध्यक्ष पौडेल
एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ : उपाध्यक्ष पौडेल
राज्यले न्याय दिनेमा निर्मला पन्तकी आमा दुर्गादेवीलाई अझै आशंका
राज्यले न्याय दिनेमा निर्मला पन्तकी आमा दुर्गादेवीलाई अझै आशंका
ठेकेदारले समयमा काम नगरे जेल हाल्नुस् : गृहमन्त्री बादल
ठेकेदारले समयमा काम नगरे जेल हाल्नुस् : गृहमन्त्री बादल
मानहानि मुद्दामा राहुल गान्धीलाई राहत
मानहानि मुद्दामा राहुल गान्धीलाई राहत

तपाईंले छुटाउनुभयो कि?