सभामुखमा सुवास नेम्वाङ पक्का!
सारांश
- काठमाडौँ।
- दुई महिनादेखि रिक्त सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र रस्साकस्सी सुरु भएको छ।
- तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहारको आरोपमा राजीनामा दिएपछि रिक्त पदमा नेकपाभित्र पूर्व एमाले र माओवादी पक्षबीच रस्साकस्सी सुरु भएको हो।
काठमाडौँ। दुई महिनादेखि रिक्त सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र रस्साकस्सी सुरु भएको छ। तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहारको आरोपमा राजीनामा दिएपछि रिक्त पदमा नेकपाभित्र पूर्व एमाले र माओवादी पक्षबीच रस्साकस्सी सुरु भएको हो। प्रधानमन्त्री केपी ओलीले भने पूर्व सभामुख एवं नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन्।
नेम्वाङको नाममा नेकपाका अर्का अध्यक्ष प्रचण्डको समेत आपत्ति नभएपछि नेम्वाङ सभामुख बन्ने निश्चित भएको स्रोतको दाबी छ। यद्यपी प्रचण्डमाथि पूर्व माओवादीबाटै सभामुख बनाउनु पर्ने दबाब छ। दुई दलबीच एकता हुँदा सभामुख पूर्व माओवादीलाई र उपसभामुख पूर्व एमालेलाई दिने सहमति भएको थियो। अहिले पनि सभामुख पूर्व माओवादी पक्षबाटै बनाउनुपर्ने अडान पूर्व माओवादी पक्षधरको भएपनि प्रधानमन्त्री ओलीले नेम्वाङलाई नै सभामुख बनाउने अडान लिएपछि नेम्वाङ सभामुख बन्ने निश्चित भएको हो।
उनी यसअघि २०६३ सालमा पुनस्थापित संसद, रुपान्तरिक संसद, २०६४ सालमा भएको पहिलो संविधानसभा र २०७० मा भएको दोस्रो संविधान सभामा सभामुख भइसकेका छन्।
प्रतिक्रिया