नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा कारबाहीमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३२, २०७४
|
|
२७ पटक हेरिएको
Shares
नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा कारबाहीमा

सारांश

  • काठमाडौं ।
  • नयाँ शक्ति पार्टी नेपालले दुई जना नेतालाई जिम्मेवारीबाट निलम्वन गरेको छ ।
  • निलम्वान हुनेमा सहसंयोजक रामचन्द्र झा र संघीय मामिला तथा व्यवस्थापन विभागका संयोजक रामकुमार शर्मा रहेका छन् ।

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले दुई जना नेतालाई जिम्मेवारीबाट निलम्वन गरेको छ । निलम्वान हुनेमा सहसंयोजक रामचन्द्र झा र संघीय मामिला तथा व्यवस्थापन विभागका संयोजक रामकुमार शर्मा रहेका छन् ।

उनीहरूलाई नयाँ शक्तिको संघीय परिषद सदस्यलगायत सबै जिम्मेवारीबाट मुक्त गरिएको पनि सो पार्टीका नेता तथा कार्यलय संयोजक गंगा श्रेष्ठले बताए ।

जिम्मेवारीबाट मुक्त गरिएको पत्र आज पठाइएको नेता श्रेष्ठले बताए । झा र शर्मालाई पार्टी हितविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो । तर, उनीहरूले स्पष्टीकरण बुझाएका थिएनन् ।

झा र शर्मा केही दिन पहिलो माओवादी केन्द्रमा एकताबद्ध हुने निर्णय गरिसकेका छन् । यसैसाता जनकपुरमा कार्यक्रमको आयोजना गरेर उनीहरुलाई पार्टी प्रवेश गराउने माअ‍ोवादी तयारी छ ।

यसबाहेक अर्का सहंसयोजक देवेन्द्र पौडेलसहितका १५ नेताले पनि नयाँ शक्तिभित्र असन्तुष्टी राखेका छन् । उनीहरुसँग पनि नयाँ शक्तिले साउन २७ गते स्ष्टीकरण मागेको थियो । ती नेताले भने स्पष्टीकरण बुझाएका छन् ।

पौडेलसहितका नेताले मुद्दा मिल्ने शक्तिसँग धुव्रीकरणको जोड दिएका छन् । उनीहरु नयाँ शक्तिमा रहने वा माओवादीसँग एकता गर्ने भन्ने अन्तिम निर्णय आएको छैन । सूत्रहरुले उनीहरु माओवादी केन्द्रमा जाने दावी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?