कञ्चनपुर फेरि आन्दोलितः भोलिदेखि सडक संघर्ष
सारांश
- कञ्चनपुर, १६ मंसिर ।
- कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।
- हत्या भएको चार महिना बितिसक्दा समेत हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयले आन्दोलनको घोषणा गरेका हुन् ।
कञ्चनपुर, १६ मंसिर । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ । हत्या भएको चार महिना बितिसक्दा समेत हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयले आन्दोलनको घोषणा गरेका हुन् ।
वर्तमान सरकारले हत्यारालाई संरक्षण दिएको उनीहरुको आरोप रहेको छ । कार्यक्रम अन्तर्गत भोलि र पर्सि सुदूरपश्चिम प्रदेशका नौवटै जिल्ला प्रशासन कार्यालयको मूलगेटमा कालोपट्टी बाँधेर धर्ना दिने, बुधबार न्यायका लागि दिउँसै टर्च बालेर आन्दोलन गर्ने, बिहीबार मानव साङ्लो बनाउने लगायतका कार्यक्रम सार्वजनिक गरिएका छन् ।
यसअघि हिजो राजधानीमा निर्मलाको न्यायको लागि भन्दै प्रदर्शन समेत गरिएको थियो । छोरीको न्यायको लागि धर्नामा बसेका बुबा यज्ञराज पन्त बिरामी परेपछि काठमाडौंमा उपचाररत छन् ।
प्रतिक्रिया