नयाँ शक्तिले भन्यो–विप्लव समूह माथिको प्रतिबन्ध अनुचित

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ४, २०७५
|
|
४४ पटक हेरिएको
Shares
नयाँ शक्तिले भन्यो–विप्लव समूह माथिको प्रतिबन्ध अनुचित

सारांश

  • काठमाडौं।
  • बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।
  • नयाँ शक्ति पार्टीका संयोजक डा.
काठमाडौं। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराईले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन्। 
पूर्व प्रधानमन्त्री समेत रहेका उनले मुलुकमा बेरोजगारी बढ्दै गएको, भ्रष्टाचारका कारण विद्रोहको अवस्था कायमै रहेको अवस्थामा चन्द नेतृत्वको नेकपालाई दमन गर्ने सरकारले नीति गलत भएको प्रतिक्रिया दिए। उनले चन्द नेतृत्वको नेकपालाई दमन नगरी समस्याको समाधान गरेर जनताबाट उनीहरुलाई अलग्याउने नीति लिन पनि सरकारलाई सुझाव दिए। 
संयोजक भट्टराईले अदालतले जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई तत्काल रिहा गर्न पनि सरकारसँग माग गरे। राजनीतिक आन्दोलनको क्रममा भएको घटनालाई लिएर जनताबाट निर्वाचित सांसदलाई जन्मकैदको फैसला गर्नु असंगत भएको उल्लेख गर्दै उहाँले सो समस्यालाई राजनीतिक रुपले समाधान गर्दै चौंधरीलाई तत्काल रिहा गर्न सरकारसँग माग गरे। 
नयाँ शक्ति पार्टी, नेपालले आमाको नाममा नागरिकता पाउने कानुनी व्यवस्था गर्न पनि सरकारलाई दवाव दिएको छ । संयोजक भट्टराईले सरकारले संसदमा पेश गरेको नागरिकता विधेयकप्रति आपत्ति जनाउँदै त्यसमा आमाको नाममा नागरिक पाउने व्यवस्था तत्काल गर्न पनि सरकारको गम्भिर ध्यनाकर्षण गराउनु भयो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्त हत्या प्रकरण:  प्रमाणहरू प्रहरी संरक्षणमा नष्ट !
निर्मला पन्त हत्या प्रकरण: प्रमाणहरू प्रहरी संरक्षणमा नष्ट !
नेपाली कांग्रेसको समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा को को ? (पूर्ण सूची)
नेपाली कांग्रेसको समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा को को ? (पूर्ण सूची)
पार्टी एकताबारे माधव नेपाल र वामदेव गौतमबीच करिब दुई घन्टा छलफल
पार्टी एकताबारे माधव नेपाल र वामदेव गौतमबीच करिब दुई घन्टा छलफल
एकपटक मारिसकेको व्यक्तिलाई पुनः मारियो,माफ गर्नै नमिल्नेलाई आममाफीले विवाद !
एकपटक मारिसकेको व्यक्तिलाई पुनः मारियो,माफ गर्नै नमिल्नेलाई आममाफीले विवाद !
नेपाली सेनका जम्दार पक्राउ
नेपाली सेनका जम्दार पक्राउ
इजरायली प्रधानमन्त्रीमा कोरोना संक्रमण नभएकाे पुष्टि
इजरायली प्रधानमन्त्रीमा कोरोना संक्रमण नभएकाे पुष्टि
यी पाँच प्रदेशमा अति भारी वर्षाको सम्भावना
रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाउन सत्ता गठबन्धन सहमत
रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाउन सत्ता गठबन्धन सहमत
रास्वपाको सुनको पूर्ण छानबिनसम्बन्धी सङ्कल्प प्रस्ताव
रास्वपाको सुनको पूर्ण छानबिनसम्बन्धी सङ्कल्प प्रस्ताव
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड