नेपाली सेनका जम्दार पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
नेपाली सेनका जम्दार पक्राउ

सारांश

  • काठमाडाै, १७ साउन ।
  • सरकारी छाप र दस्तखत किर्ते प्रयोग गरि चारित्रिक प्रमाणपत्र बनाउने गरेको आरोपमा प्रहरीले सेनाका पूर्व जम्दार धन बहादुर गुरुङलाई पक्राउ गरेको छ ।
  • कैलालीको धनगढी उपमहानगरपालिका, ३ स्थित विकाश सेक्यूरेटि सर्विस प्रा.

काठमाडाै, १७ साउन । सरकारी छाप र दस्तखत किर्ते प्रयोग गरि चारित्रिक प्रमाणपत्र बनाउने गरेको आरोपमा प्रहरीले सेनाका पूर्व जम्दार धन बहादुर गुरुङलाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका, ३ स्थित विकाश सेक्यूरेटि सर्विस प्रा.लि सञ्चालन गर्दै आएका कञ्चनपुरको पुनर्वास नगरपालिका, ५ का गुरुङलाई बुधवार पक्राउ गरि विहिवार सार्वजनिक गरिएको हो ।

उनले विकाश सेक्यूरेटि सर्विस प्रा.लिबाट भारत तथा नेपालका विभिन्न स्थानमा सुरक्षा गार्ड पठाउदै आएका थिए । गुरुङले कृर्ते नाईलन छाप, दस्तखत र चारित्रिक प्रमाण पत्र बनाई सुरक्षा गार्डलाई नेपाल तथा भारतमा कामका लागि पठाउने गरिएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक हरि सिह वलीले बताए ।

गुरुङले के-के बनाएका थिए नक्कली ?

प्रहरीका अनुसार पक्राउ परेका गुरुङले प्रहरी प्रधान कार्यालयको छाप, सशस्त्र प्रहरी प्रधान कार्यालयको छाप, कैलाली, कञ्चनपुर र सुर्खेत प्रहरीको नाईनल छाप नक्कली बनाएर प्रयोग गर्दे आएका थिए ।  त्यस्तै, गुरुङले प्रयोग गर्दै आएका विभिन्न स्कुल र प्रध्यानाध्यापकका छाप प्रहरीले बरामद गरेको छ ।

१४ जनाका कृर्ते छाप दस्तखत लगाई तयारी अवस्थामा राखेका चारित्रिक प्रमाण, कागज कृर्ते बनाउन प्रयाग गरिने कम्युटर, रंगिन प्रिन्टर लगायतका सामान बरामद गरिएको प्रहरी नायव उपरिक्षक वलीले जानकारी दिए ।  गुरुङलाई सहयोग गरेको भन्दै प्रहरीले कैलारी गाउपालिका, ६ का २८ वर्षका टिकाराम चौधरीलाई समेत पक्राउ गरेको छ । उनीहरु दुवै जनालाई सरकारी छाप दस्तखत कृर्ते गरेको अभियोगमा मुद्धा चलाईने बलीले बताए। सरकारी छाप र दस्तखत किर्ते प्रयोग गरि चारित्रिक प्रमाणपत्र बनाउने गरेको आरोपमा प्रहरीले पक्राउ गरेका सेनाका पूर्व जम्दार गुरुङले २०६७ सालमा रिटायर्ड भएपछि विकाश सेक्यूरेटि सर्विस प्रा.लि सञ्चालन गर्दै आएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?