नरेन्द्र मोदि लाई एक नेपालीकाे खुला पत्र, के नेपाली सङ्ग युद्द लड्नु हुन्छ ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
नरेन्द्र मोदि लाई  एक नेपालीकाे खुला पत्र, के नेपाली सङ्ग युद्द लड्नु हुन्छ ?

सारांश

  • सम्माननिय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि ज्यु ।
  • म तपाइकै छिमेकी राष्ट्र नेपालको एक सामान्य परिवारको छोरा हुँ।
  • मलाइ जति आफ्नो आमाबुबाको माया छ त्यतिनै आफ्नो देशको माटो र जन्मभूमिको माया छ।

सम्माननिय भारतीय प्रधानमन्त्री
नरेन्द्र मोदि ज्यु ।

म तपाइकै छिमेकी राष्ट्र नेपालको एक सामान्य परिवारको छोरा हुँ।मलाइ जति आफ्नो आमाबुबाको माया छ त्यतिनै आफ्नो देशको माटो र जन्मभूमिको माया छ।

आजभन्दा करिब २०० बर्ष आगाडी अंग्रेजहरुसँग नेपालले गरेको सुगौली सन्धिमा नेपालको मेची र महाकाली पारिको जमिन नेपालले गुमाउनुपरेको थियो।तर अहिले भारत अंग्रेज उपनिवेश बाट मुक्त भैसकेको छ।तर नेपालको जमिन आहिले पनि भारतीय भुमिमा छ।

त्यो बेलाको सुगौली सन्धिमा नेपालले त्यो जमिन छोड्नुपर्ने छ भन्ने रहेछ तर सन १८१६ मार्च ४ मा नेपालले सुगौली सन्धिमा हस्ताक्षर गरेको १ बर्ष पनि नपुग्दै १८१६ डिसेम्बर ८ मै कोशी देखि गण्डकीसम्मको तराइ फिर्ता गर्ने प्रस्ताव आइ डिसेम्बर ११ मा त्यो प्रस्ताव स्वीकृत भएको थियो। १८५७ मा लखनउमा भएको सिपाही बिद्रोह दबाउनका निम्ति जंगबहादुरले सहयोग गरेबापत अंग्रेजहरुले १८६० मा राप्ती देखि कालीसम्मको तराइ फिर्ता गरेका थिए।यसबाट सरासर के पुष्टि हुन्छ भने सुगौली सन्धि सदाको लागि भएको थिएन।

सम्माननिय मोदि ज्यु,यदि चीनले मकाउ(हङकङ फिर्ता लिन हुन्छ भने,भारतले गोवा पनि फिर्ता लिन हुन्छ भने नेपालले सिक्किम(दार्जिलिङ फिर्ता लिन किन हुदैन?

मैले यसो भन्दै गर्दा याे भ्रम नपरोस कि गल्ती भारतको मात्र हो।हाम्रो देशका राजनैतिक नेताहरु ले आफ्नो भुमि फिर्ता माग्न त परै जाओस भारत सँग यस बारेमा कुरा गर्न पनि डराउने गरेको पाइएको छ।यसमा नेपाल सरकारले राजनैतिक र कुटनैतिक पहल गरेर भारतसँग कुरा गर्न सक्नु पर्छ।

कति नेपाली बहादुरहरुले भारतीय भुमी रक्षा गर्न आफ्नो प्राण अर्पेका छन,घर र परिवारबाट टाढा रहेर आफ्नो ज्यानको बाजि थाप्दै भारतीय भुमी रक्षा गरिरहेका छन।

सम्माननिय प्रम नरेन्द्र मोदि ज्यु,तपाईलाइ म के प्रश्न गर्न चाहान्छु भने वीर नेपालीहरुले भारतीय भुमीको रक्षा गरेको अवस्थामा भारतियहरु द्वारा नेपाली सिमा मिचिनु कहाँको नैतिकता हो?

कतिसम्मको हेपाहा प्रवृत्ति हो?
पशुपतिनाथलाइ पुजागरेर नेपालको भुमी मिच्नु कस्तो धर्म हो हजुरहरुको???

यहि हो तपाईंले भनेको “भारत/नेपाल भाइ भाइ” भन्ने वाक्यको अर्थ के हो?
दिन प्रतिदिन भारतिय हरुले दादा गिरि गर्दै हाम्रो नेपाली भुमी मिचिरहेका छन।आखिर के चाहानु हुन्छ ? के नेपाली सङ्ग युद्द लड्नु हुन्छ?

आज नेपालीभुमिमा सुतेको नेपाली भोलि भारतिय हुनु परेको छ। खबरदार नरेन्द्र मोधी ज्यु! सिमाको आस पास मा रहेको नेपाली दाजु भाइ र सिमा सुरक्षा का निमित्त खटियको प्रहरी प्रती गरियको दुव्र्यवहार र हेपाह प्रबिदि हटाइयोस र जति मिचेको जेपाली भुमी फिर्ता गरियोस।

नत्र तरबार ,भाला,खुडा,बोकेर सिमामा रहेको ती भारतिया बिहारी धोस्त पार्न नपरोस।गोर्खालिको छोरा हुँ कसैको सामु शिर झुकाउने नेपालिको बानी छैन ध्यानाकर्षण होस प्रम नरेन्द्र मोदि ज्यु ।

नेपालको माटोलाइ माया गर्ने सच्चा ईमानदार नेपाली
रमेश खड्का गल्छी गाउँपालिका वडा न ७ धादिङ नेपाल।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bagbir Bohara

    नेपालमा बारबार केही नाटक देखाउनालाई होला

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऋण चुक्ता नगर्नेको जग्गा रोक्का गर्न सहकारीद्वारा मालपोतमा निवेदन
ऋण चुक्ता नगर्नेको जग्गा रोक्का गर्न सहकारीद्वारा मालपोतमा निवेदन
पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने
पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
तीन दलका शीर्ष नेताहरु छलफलमा, बालुवाटारमा बैठक जारी
तीन दलका शीर्ष नेताहरु छलफलमा, बालुवाटारमा बैठक जारी
आज एकैदिन ३ सय ३ संक्रमित थप, १४१ जना संक्रमणमुक्त
आज एकैदिन ३ सय ३ संक्रमित थप, १४१ जना संक्रमणमुक्त
अमेरिकन आइडलको टप ५ मा पुगे दिवेश, एक घण्टे लाइभ भोटिङ सुरु, यसरी गर्नुस् भोट
मध्यरातसम्म उम्मेदवारी मनाेनयन दर्ता, रुपन्देहीमा ४ हजार ७ सय ३२ जनाकाे मनाेनयन
मध्यरातसम्म उम्मेदवारी मनाेनयन दर्ता, रुपन्देहीमा ४ हजार ७ सय ३२ जनाकाे मनाेनयन
उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा
उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा
यसरी तोडियो डा. गोविन्द केसीको २७ दिने १५ औं अनशन (सहमतिको पूर्णपाठसहित)
यसरी तोडियो डा. गोविन्द केसीको २७ दिने १५ औं अनशन (सहमतिको पूर्णपाठसहित)
‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’
‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’

तपाईंले छुटाउनुभयो कि?