यी हुन् माधव नेपाललाई छोड्ने नेताहरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ९, २०७८
|
|
३४ पटक हेरिएको
Shares
यी हुन् माधव नेपाललाई छोड्ने नेताहरु

सारांश

  • नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको शक्तिसंघर्ष क्लाइमेक्समा पुगेको छ ।
  • अब एमाले फुटको घोषणा हुनमात्र बाँकी छ ।
  • २ जेठ २०७५ मा नेकपा एमाले हुँदा नै ओली र नेपालबीच संघर्ष भित्र भित्र थियो ।

नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको शक्तिसंघर्ष क्लाइमेक्समा पुगेको छ । अब एमाले फुटको घोषणा हुनमात्र बाँकी छ ।

२ जेठ २०७५ मा नेकपा एमाले हुँदा नै ओली र नेपालबीच संघर्ष भित्र भित्र थियो । माओवादी केन्द्रसँग एकीकरणपछि संघर्ष निकै मथ्थर भयो । नेपाल निकै कमजोर बने । प्रचण्डसँग मिलेर ओलीले नेपाल समूहलाई निकै पेल्न सक्यो । पार्टीका नेपाल समूहका नेता कार्यकर्ताले कमैमात्र जिम्मेवारी पाए ।

नेकपाभित्र संघर्ष चल्दा नेपाल प्रचण्डसँग मिलेर ओलीविरुद्ध उत्रिए । त्यतिबेलासम्म नेपाललाई निकटस्थहरुले प्रत्यक्ष या अप्रत्यक्ष साथ दिए ।

नेकपाको विभाजन भई प्रचण्ड र माधव नेपाल संयुक्त अध्यक्ष बन्दा नेपाल समूहका ४० भन्दा बढी सांसद र उल्लेख्य संख्यामा स्थायी कमिटी र केन्द्रीय कमिटीका साथ दिन पुगे । उनीहरुले नेपाल अध्यक्ष घोषणा हुँदा ताली समेत बजाए ।

तर, २३ फागुनमा सर्वोच्च अदालतको आदेशले एमाले ब्युँतिएपछि नेपाललाई सांसदहरुले धमाधम छाड्न थाले । माधव नेपाल समूहका रहेका शेरबहादुर तामाङ, कृष्णभक्त पोखरेललगायतले साथ छाडे ।

माधव नेपालका लागि राजनीतिक जीवन नै दाउमा राख्नेहरु निस्किए । जसमध्ये कर्णाली प्रदेशका प्रकाश ज्वालासहित ४ सांसद देखिए । लुम्बिनी प्रदेशका एक सांसदले नेपालकै निर्देशनमा राजीनामा दिए ।

ओलीविरुद्ध बहुमतको सरकार गठनको योजना अनुसार माधव नेपाललाई २७ सांसदले साथ दिए । जसमध्ये अधिकांश प्रत्यक्षतर्फ निर्वाचित थिए । उनीहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

नेपाललाई अन्तिम समयमा गोकर्ण बिष्ट र योगेश भट्टराईले साथ छाडे । भट्टराईले हस्ताक्षर गर्न मानेनन् । बिष्ट ओली समूहमा गए । सुरेन्द्र पाण्डेले पनि हस्ताक्षर गरेपनि कित्ता फेरेका छन् । उनी पनि नेपाललाई कठिन समयमा छाड्न पुगे ।

पाण्डे माधव नेपालको समूहबाट एमालेको नवौं महाधिवेशनमा महासचिवका उम्मेदवार थिए । उनी इश्वर पोखरेलसँग ६ मतले पराजित भएका थिए । गोकर्ण बिष्ट र योगेश भट्टराई माधव नेपाल समूहबाट नवौं महाधिवेशनमा सचिवमा विजयी भएका थिए ।

माधव नेपाल समूह छाडेका प्रमुख नेताहरु

सुरेन्द्र पाण्डे, महासचिवका उम्मेदवार
गोकर्ण बिष्ट, पूर्वसचिव
योगेश भट्टराई, पूर्वसचिव
जयकुमार राई, निवर्तमान सांसद
कृष्णभक्त पोखरेल, निवर्तमान सांसद
शेरबहादुर तामाङ, निवर्तमान सांसद
ध्रुवकुमार शाही, निवर्तमान सांसद
गणेशकुमार पहाडी, निवर्तमान सांसद
हिराचन्द्र केसी, निवर्तमान सांसद

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलेरो दुर्घटनामा चारको घटनास्थलमै मृत्यु
बलेरो दुर्घटनामा चारको घटनास्थलमै मृत्यु
सानालाइ ऐन ठुलालाइ चैन भने जस्तै किन उन्मुक्ति पाउछन पैसावाला र पहुचवालाहरुले ?
सानालाइ ऐन ठुलालाइ चैन भने जस्तै किन उन्मुक्ति पाउछन पैसावाला र पहुचवालाहरुले ?
मन्त्रिपरिषद बैठक सकियो, तत्काल कोही मन्त्री नहटाइने
मन्त्रिपरिषद बैठक सकियो, तत्काल कोही मन्त्री नहटाइने
उद्धार गरिएका पुष्पा र अञ्जलीलाई प्रकृतिमा छाडियो
उद्धार गरिएका पुष्पा र अञ्जलीलाई प्रकृतिमा छाडियो
सामुदायिक वनद्वारा डोको उद्योग सञ्चालन
Approaches to Look For Enhance Women
निर्देशकको वर्थडे पार्टीमा नायक र खलनायकबीच हात हालाहाल
निर्देशकको वर्थडे पार्टीमा नायक र खलनायकबीच हात हालाहाल
गोप्य मतदान सार्वजनिक गरे के हुन्छ कारबाही ?
गोप्य मतदान सार्वजनिक गरे के हुन्छ कारबाही ?
मन्त्रिमण्डल फेरबदलबारे मसँग ओलीजीले सोध्नुभएको छैन्:प्रचण्ड
मन्त्रिमण्डल फेरबदलबारे मसँग ओलीजीले सोध्नुभएको छैन्:प्रचण्ड
चर्चित लोकगायक खुमन अधिकारी र लक्ष्मि अाचार्यको सुमधुर स्वरमा सजिएको तिजको गीत  “भिटामिनले मलाई झन कालो बनायो” :भिडियो रेपोर्ट
चर्चित लोकगायक खुमन अधिकारी र लक्ष्मि अाचार्यको सुमधुर स्वरमा सजिएको तिजको गीत “भिटामिनले मलाई झन कालो बनायो” :भिडियो रेपोर्ट

तपाईंले छुटाउनुभयो कि?