नरेश खातीको कस्ले बनायो यस्तो अवस्था (भिडियोसहित)
सारांश
- काठमाडौं ।
- ‘सम्झनाले यो छाती चर्किनी, म पर्खिनी, तिमी नफर्किनी !
- खोज्न कहाँ जाम, मेरो मायालाई खोज्न कहाँ जाम, आकाशतिर हेर्दानी देखिन, धर्तीभरी खोज्दानी भेटिन जहाँभएपनि तिम्रो छाया देख्न पाम एकै झल्को देख्न पाए भैहाल्थ्यो, बाँकी परान घुर्लुक्क गैहाल्थ्यो !
काठमाडौं । ‘सम्झनाले यो छाती चर्किनी, म पर्खिनी, तिमी नफर्किनी !
खोज्न कहाँ जाम, मेरो मायालाई खोज्न कहाँ जाम, आकाशतिर हेर्दानी देखिन, धर्तीभरी खोज्दानी भेटिन जहाँभएपनि तिम्रो छाया देख्न पाम
एकै झल्को देख्न पाए भैहाल्थ्यो, बाँकी परान घुर्लुक्क गैहाल्थ्यो !
खोज्न कहाँ जाम, मेरो मायालाई खोज्न कहाँ जाम
आकाशतिर हेर्दानी देखिन, धर्तीभरी खोज्दानी भेटिन जहाँभएपनि तिम्रो छाया देख्न पाम’
यी शब्द हुन लोकदोहोरी गीत ‘छाया देख्न पाम’ मा समेटिएका । लोकदोहोरी क्षेत्रमा चर्चित नाम गायक नरेश खाती शब्द, संगीत, आवाज र अभिनयमा निकै अब्बल मानिएका कलाकार हुन् । ‘रुदै रुदै तिम्रो सहर’ को सफलतापछि अर्को दर्दनाक कथा बोकेको गीत ‘छाया देख्न पाम’ लिएर बजारमा आएका छन् ।
गीतमा नरेशसंगै चर्चित गायिका देवि घर्ती र बिजय रानापालको आवाज रहेको छ । विजय रानापाल र दिप रनपालको मार्मिक शब्द तथा गायक स्वयं नरेश खातीको संगीत रहेको छ ।
दुई माया गर्ने प्रेमीलाई एकअर्कादेखि अलग गराईदिएपछिको पिडा र ब्यथालाई गीतमा नरेश र आरती परियारले जिवन्त उतारेका छन् । शारीरिक रुपमा अशक्त दुई प्रेमिको मायामा अर्को ब्यक्तिको कुदृष्टिपछि बिछोडिएका प्रेमिले टाढा हुदा आफ्नो मायालुलाई खोज्न कहाँ जाउ भन्दै मनको बिलौना गीतमार्फत पोखेको दर्दनाक कथालाई भिडियोमा देख्न सकिन्छ ।

३ सय भन्दाबढि गीत बजारमा ल्याईसकेका कलाकार नरेश खातीका हरेक गीतले दर्शक श्रोताको माया पाएका छन् । लोकदोहोरी क्षेत्रमा छुट्टै पहिचान बोकेर सबैको मन जित्न सफल कलाकार नरेशले लोकदोहोरी संगै आधुनिक गीतपनि बजारमा ल्याएका छन् ।
गीत गायक खातीको आफनै अफिसियल यु–ट्युब मार्फत साही गित सार्वजनिक गरिएको छ । प्रविण भट्टले म्युजिक भिडियोको निर्देशन गरेका हुन् । गीतले सबैको मन जित्नेमा आफु बिश्वस्त रहेको गायक खातीको बिश्वास रहेको छ ।
https://www.youtube.com/watch?v=MyYNN1PlVkE
प्रतिक्रिया