१८८ जना सवार जहाज सम्पर्कविहीन !

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १२, २०७५
|
|
२१ पटक हेरिएको
Shares
१८८ जना सवार जहाज सम्पर्कविहीन !

सारांश

  • काठमाडौं  १२ कात्तिक, ।
  • इन्डोनेसियाको जाकार्ताबाट उडेको लायन एयरको बोइङ सम्पर्कविहीन भएको छ ।
  • एकदमै नयाँ बोइङ ७३७ म्याक्स ८ जहाज जाकार्ता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटपछि नै राडारको सम्पर्कबाट विच्छेद भएको थियो ।

काठमाडौं  १२ कात्तिक, । इन्डोनेसियाको जाकार्ताबाट उडेको लायन एयरको बोइङ सम्पर्कविहीन भएको छ । एकदमै नयाँ बोइङ ७३७ म्याक्स ८ जहाज जाकार्ता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटपछि नै राडारको सम्पर्कबाट विच्छेद भएको थियो ।

फ्लाइट नम्बर जेटी-६१० जहाज जाकार्ताबाट पङ्गकल पिनाङका लागि उडेको थियो । तर उडेको केही मिनेटमै जहाज सम्पर्कविहीन भएको थियो । समुद्र पार गरिरहेको बेला पश्चिम जाभा प्रान्तको कारावाङबाट जहाज सम्पर्कविहीन भएको राष्ट्रिय खोज तथा उद्धार केन्द्रका प्रवक्ता युसुफ लतिफले बताएका छन् । अहिले खोजी तथा उद्धार कार्य जारी छ ।

जहाजमा कति यात्रु थिए भन्ने खुलिसकेको छैन तर उक्त जहाजको क्षमता २१० यात्रुको थियो ।यसअघि सन् २०१० मा पनि लायन एयरको हेलिकोप्टर बालीको समुद्रमा दुर्घटना भएको थियो । तर, सबै यात्रुलाई सकुशल उद्धार गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?