नर्वेली महिला र नेपाली पथप्रदर्शकद्वारा चौध हिमाल आरोहणको कीर्तिमान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ११, २०८०
|
|
२७ पटक हेरिएको
Shares
नर्वेली महिला र नेपाली पथप्रदर्शकद्वारा चौध हिमाल आरोहणको कीर्तिमान

सारांश

  • इस्लामावाद ।
  • एक जना नर्वेली महिला र उनको नेपाली पथप्रदर्शकले आठ हजार मिटरभन्दा माथिका विश्वका सबै हिमशिखर सबैभन्दा छोटो समयमा आरोहण गरेर कीर्तिमान कायम गरेका छन् ।
  • क्रिस्टिन हरिला र लामा भनेर चिनिने तेन्जिन शेर्पाले तीन महिना एक दिनमा विश्वका सबै आठ हजार मिटरभन्दा माथिका शिखर चढेका आरोहण टोलीले आज एक विज्ञप्ति निकालेर बताएको छ ।

इस्लामावाद । एक जना नर्वेली महिला र उनको नेपाली पथप्रदर्शकले आठ हजार मिटरभन्दा माथिका विश्वका सबै हिमशिखर सबैभन्दा छोटो समयमा आरोहण गरेर कीर्तिमान कायम गरेका छन् ।

क्रिस्टिन हरिला र लामा भनेर चिनिने तेन्जिन शेर्पाले तीन महिना एक दिनमा विश्वका सबै आठ हजार मिटरभन्दा माथिका शिखर चढेका आरोहण टोलीले आज एक विज्ञप्ति निकालेर बताएको छ ।

क्रिस्टिन र तेन्जिनले पाकिस्तानको के टुको सफल आरोहण गरेसँगै सन् २०१९ मा निर्मल पुर्जाले छ महिना छ दिनको कीर्तिमान भङ्ग भएको छ । हाल निर्मल पुर्जा अक्सिजन बिना सबै १४ वटा चुचुरोमा सबैभन्दा छिटो समयमा आरोहण गर्ने प्रयासमा छन् ।

“क्रिस्टिन र तेन्जिनबीचको सहकार्य, दृढ सङ्कल्प, समूहगत कार्य र साहसलाई प्रतिबिम्बित गरेको छ जसले सिमाना र संस्कृतिलाई पार गर्दै पर्वतारोहणप्रतिको एकता दर्शाएको छ,” आरोहण टोलीको विज्ञप्तिमा भनिएको छ ।

कीर्तिमान कायम गर्ने आफ्नो दौडमा रहेकी हरिलाले चीनबाट पूर्णरूपमा तिब्बतको शिशापाङ्मा आरोहण गर्न भिसा प्राप्त गर्न ढिलाइ भएपछि के दुईसहित १२ वटा हिमाल दुई पटक आरोहण गर्नुपरेको थियो । उनले चोयु हिमाल पनि चिनियाँ भूमिबाट आरोहण गरिकी हुन् ।

हालसम्म विश्वका १४ वटै चुचुराको आरोहण ४० जनाभन्दा बढी आरोहील गरेका भए पनि तिनमा महिलाको सङ्ख्या नगन्य छ । समुद्र सतहबाट छ सय ३३ मिटरको उचाइमा रहेको उत्तरी नर्वेकी ३७ वर्षीया हरिलाले रकम अभावमा आफ्ना आवास नै बेचेर चुली चुम्ने सपना साकार पारेकी हुन् । 

प्राविधिकरूपमा सगरमाथाभन्दा आरोहण गर्न कठिन के टु मा प्रायःसधै प्रतिकूल मौसम रहने हुनाले सन् १९५४ देखि आजसम्म चारसय २५ जनाले मात्र यो हिमालको सफलतापूर्वक आरोहण गरेका छन् । के टुको चुचुरोलाई २० जना महिलाले चुमेका छन् । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?