पहिरोमा पुरिएर छ जनाको मृत्यु, पाँच बेपत्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ७, २०७६
|
|
६१ पटक हेरिएको
Shares
पहिरोमा पुरिएर छ जनाको मृत्यु, पाँच बेपत्ता

सारांश

  • बुटवल।
  • गुल्मीमा पहिरोमा पुरिएर छ जनाको ज्यान गएको छ ।
  • गए रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरोले पुरिएर गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–३ मा एकै परिवारका दुई जना र वडा नं ४ का तीन घर पुरिँदा चार जनाको ज्यान गएको छ ।

बुटवल। गुल्मीमा पहिरोमा पुरिएर छ जनाको ज्यान गएको छ । गए रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरोले पुरिएर गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–३ मा एकै परिवारका दुई जना र वडा नं ४ का तीन घर पुरिँदा चार जनाको ज्यान गएको छ । पहिरोमा अन्य पाँच जना हराइरहेका छन्।सत्यवती गाउँपालिका–४ लिम्घामा खसेको पहिरोले स्थानीय दलित बस्तीका तीन घरमा क्षति पु¥याएको सोही वडाका वडा सदस्य डिल्लीराज भट्टराईले जानकारी दिए। “मृतकको शरीरको भाग क्षतविक्षत अवस्थामा रहेकाले पहिचान हुन कठिनाइ भएको छ, कसैको टाउको थिचिएको छ, कसैको शरीर नै चुडिएको छ”, सदस्य भट्टराईले टेलिफोनमा भने।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार सो गाउँपालिका–३ मा एकै परिवारका आमा छोरा गरी दुई जनाको र वडा नं ४ मा चार जनाको शव स्थानीय र प्रहरीको प्रयासमा निकाल्ने काम भएको र अन्य पाँच जना बेपत्ता भएको पुष्टि गरे। प्रजिअ पौडेलका अनुसार वडा नं ३ मा ३४ वर्षीया तिलकुमारी तरामु र उनका नौ वर्षीय छोरा दर्शनको मृत्यु हुनुका साथै वडा नं ४ मा हेमन्त विक, पङ्खु विक, अञ्जली विक र छली विकको शव निकालिएको र अन्य पाँच जनासमेत हराइरहेकाले पहिरोमा खोज्ने काम भइरहेको जानकारी दिए।

पहिरो खस्ने क्रम नरोकिएको र पहिरोबाट अन्य घरसमेत जोखिममा रहेकाले त्यहाँका सम्पूर्ण जनतालाई नजिकैको विद्यालयमा राखिएको समेत उनले जानकारी दिए। प्रजिअ पौडेलका अनुसार भौगोलिक विकटताका कारण सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थलमा केही समयमै पुग्ने र पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने कामसमेत भएको बताए।लगातार पानी परिरहेकाले उद्धार गर्न कठिनाइ भएको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताए। लगातार पानी परिरहेको र ठाउँठाउँमा पहिरोले बाटोसमेत भत्किएकाले घटनास्थलमा पुग्न समय लाग्ने अध्यक्ष ढकालले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महामारीको सन्नाटामा विश्व शक्तिराष्ट्र अमेरिका
महामारीको सन्नाटामा विश्व शक्तिराष्ट्र अमेरिका
संसदको विशेष अधिवेशन मागेर ओलीवरुद्ध अविश्वासको प्रस्तावको रणनीति
संसदको विशेष अधिवेशन मागेर ओलीवरुद्ध अविश्वासको प्रस्तावको रणनीति
संसदीय समितिको सभापतिका लागि यि सांसद चर्चामा
संसदीय समितिको सभापतिका लागि यि सांसद चर्चामा
प्रचण्डको स्पीड तीव्र, माधव नेपाल र वामदेव गौतमसँगको भेट बाक्लियो
पल शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश
पल शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश
कांग्रेसमा भागवण्डा नमिलेपछि रोकियो मन्त्रिपरिषद् विस्तार…
कांग्रेसमा भागवण्डा नमिलेपछि रोकियो मन्त्रिपरिषद् विस्तार…
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ
विवाह गरेर फर्कदै गर्दा  बेहुला बेहुली इन्स्पेक्टर दम्पतीसहित सातको मृत्यु !
विवाह गरेर फर्कदै गर्दा बेहुला बेहुली इन्स्पेक्टर दम्पतीसहित सातको मृत्यु !
स्थानीय तह निर्वाचनको आधारमा एमाले र माओवादी गठबन्धनले  ‘पपुलर’ मत ल्याउने,
स्थानीय तह निर्वाचनको आधारमा एमाले र माओवादी गठबन्धनले ‘पपुलर’ मत ल्याउने,
संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : सभामुख, अग्निप्रसाद सापकोटा
संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : सभामुख, अग्निप्रसाद सापकोटा