नर्सको लापर्वाही- गर्भवतीलाई दिइयो जुकाको औषधि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १५, २०७४
|
|
५५ पटक हेरिएको
Shares
नर्सको लापर्वाही- गर्भवतीलाई दिइयो जुकाको औषधि

सारांश

  • काठमाडौं, १५ फागुन – म्याग्दी जिल्ला अस्पतालले बेनी ५ फुर्केसल्लाकी २० वर्षीया समीक्षा कुँवरलाई आइरन चक्की भन्दै ४ सय एमजीको अल्बिन्डाजोल दिएको भेटिएको छ ।
  • अल्बिन्डाजोल जुकाको औषधि हो ।
  •  आजको कान्तिपुर दैनिकमा खबर छ ।

काठमाडौं, १५ फागुन – म्याग्दी जिल्ला अस्पतालले बेनी ५ फुर्केसल्लाकी २० वर्षीया समीक्षा कुँवरलाई आइरन चक्की भन्दै ४ सय एमजीको अल्बिन्डाजोल दिएको भेटिएको छ । अल्बिन्डाजोल जुकाको औषधि हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

गर्भवती जाँच कक्षमा कार्यरत पब्लिक हेल्थ नर्स राधिका शर्मा आचार्यले दिएको उक्त औषधिका ७० वटा ट्याब्लेट गर्भवतीले दैनिक सेवन गरेकी थिइन् । दोस्रोपटक गर्भ परीक्षण गराउन जाँदा मात्र गर्भवतीले आइरन चक्कीको सट्टा जुकाको औषधि सेवन गरेको खुलेको हो ।

‘गलत औषधि परेको उजुरी परेपछि पोखरा पुर्यााएर भिडियो एक्सरे गर्यौंत, रिपोर्टमा अहिले आमा र गर्भको अवस्था राम्रो देखिएको छ,’ अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। रोशन न्यौपानेले भने, ‘औषधिको प्रभावको बारेमा हामीभन्दा माथिल्लो तहको विज्ञ टिम आवश्यक परेकाले क्षेत्रीय स्वास्थ्य कार्यालयमा सहयोग माग्दैछौं ।’

अस्पतालले आरोपी नर्सलाई विभागीय कारबाही गरी गर्भवतीलाई सुत्केरी नहुँदासम्म चिकित्सकको निगरानीमा राख्ने, जिल्लामा सुत्केरी हुन नसक्ने अवस्था भए पोखरा पुर्यानउने र जन्मेपछि बच्चाको नियमित अनुगमन गर्ने लिखित प्रतिबद्धता जनाएको छ । गर्भवतीका आफन्तले अहिले आमा र गर्भको अवस्था सामान्य देखिए पनि जन्मेपछि बच्चालाई हुन सक्ने अपांगताको जोखिमलाई लिएर चिन्तित रहेको बताएका छन् ।

‘जुकाको हाइडोज औषधि लामो समयसम्म सेवन गरेकाले हामीलाई बच्चाको भविष्यको चिन्ता छ,’ पीडित समीक्षाले भनिन्, ‘औषधि कुन हो भन्ने जानकारी मलाई भएन । नर्सले यही औषधि नियमित खानु भन्नु भएकोले ७० दिन लगातार खाएँ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि जनकपुर–जयनगर रेलसेवा बिजलपुरासम्म सञ्चालन हुने
आजदेखि जनकपुर–जयनगर रेलसेवा बिजलपुरासम्म सञ्चालन हुने
मोदीको मन्त्रिमण्डलका यी हुन् नयाँ सदस्य
मोदीको मन्त्रिमण्डलका यी हुन् नयाँ सदस्य
हिमाली क्षेत्रमा जाडो बढ्यो, डोल्पाको माथिल्लो भेगका प्रहरी चौकी सदरमुकाम सरे
हिमाली क्षेत्रमा जाडो बढ्यो, डोल्पाको माथिल्लो भेगका प्रहरी चौकी सदरमुकाम सरे
डिल्लीबजार कारागारमा पुर्व भिआईपीहरू: यसरी दिन कटाउदैछन !
डिल्लीबजार कारागारमा पुर्व भिआईपीहरू: यसरी दिन कटाउदैछन !
एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
चुनाव हारेपछि रविन्द्रले भने-गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो
चुनाव हारेपछि रविन्द्रले भने-गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो
सुशील ज्ञवालीले ‘लजाउँदै लजाउँदै’ बोलको गीत सार्वजनिक
सुशील ज्ञवालीले ‘लजाउँदै लजाउँदै’ बोलको गीत सार्वजनिक
४८ घन्टामा यसरी फेला परे अस्पतालबाटै चोरिएको शिशु
४८ घन्टामा यसरी फेला परे अस्पतालबाटै चोरिएको शिशु
बिक्रम र प्रकाशले लोकल ब्वाइलरको कुरा गर्दा सुसिलाको यस्तो हंगामा (हेर्नुस लाइभ भिडियो )
बिक्रम र प्रकाशले लोकल ब्वाइलरको कुरा गर्दा सुसिलाको यस्तो हंगामा (हेर्नुस लाइभ भिडियो )